CG Electronics
IME Life
NIMB

‘नाडा अटो शो’को पहिलो दिनमै टाटाको टियागो इभी लन्च हुँदै

NIMB
Himalayan Bank

काठमाडौँ । टाटाले नाडा अटो शोको पहिलो दिन नै २ टियागो इभी लञ्च गर्ने भएको छ। टाटाले भदौ २६ गतेको अटो शोमा हचब्याग सेगमेन्टको बहुप्रतिक्षित टियागो इभी लञ्च गर्न लागेको हो। नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ। टाटाले नेक्सनमा ३ वटा मोडल, टिगोरसँगै टियागोको बुकिङ गरिरहेको छ।

 

टाटा मोटर्सले नेपालमा इभीको नेक्सन भित्र्याउँदा माग अनुसार गाडी डेलिभरी नै गर्न सकेन। ग्रहाकले ६ महिनासम्म कुर्नुपर्ने अवस्था अयो। उत्पादनमा सेमी कन्डरक्टरको अभाव लगायत कारण कम्पनी अप्ठेरोमा परेको थियो।

हालसम्म सबैभन्दा धेरै विद्युतीय गाडी टाटा ब्रान्डकै छन्। त्यसमा नेक्सन इभी बढी चलेको छ। ‘टियागो इभीको मार्केट नेक्सन इभीको जस्तै हुने आशामा छौँ,’ टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘नयाँ मोडेलको गाडी ल्याउने सूचनापछि एकदमै धेरै सोधखोज भइरहेको छ।’


सन् २०२३ को जनवरीमा लञ्च भएपछि भारतमा पहिलो पटक यो गाडी खरिद गर्नेहरु इभी टियागो खरिद गरिरहेका छन्।
प्रोफेशनल ग्रुप र महिलाहरुको रोजाइमा टियागो परेको छ। भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने साधनमा टियागो पर्छ।

भारतमा ३ वटा भेरियन्टमा गाडी उपलब्ध छ। भारतमा बिक्री भइरहेको यो गाडीमा ४५ देखि ५५ किलोवाटको मोटर छ। यसले ११० देखि ११४ एनएम टर्क जेनेरेट गर्छ। गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड छन्। ४५ किलोवाटको गाडीमा १९।२ किलोवाट ब्याट्री छ भने ५५ किलोवाटको गाडीमा २४ किलोवाट आवरको छ।

यसमा अटोमेटिक ड्राइभ सिस्टम छ। सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको लङरेञ्ज ३१५ किमी भएको टाटा मोटर्सले उल्लेख गरेको छ। टियागो इभी ५ वटा कलरमा उपलब्ध हुनेछ। टाटा मोटर्सले ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ। इभी हचब्याग सेगमेन्टमा टाटाको प्रतिस्पर्धी अरु नभएकाले राम्रो बजार लिन सक्नेमा कम्पनी विश्स्त छ।

‘अहिले अटोबजार हचब्याग सेगमेन्टबाट बाहिर जाँदै छ,’ सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले भने, ‘टियागोले बजार लिँदा अरु प्लेयर आए पनि फरक पर्दैन।’ग्राहकलाई इभी हचब्यागमा तान्न सक्दा सबै नयाँ प्रोडक्ट ल्याउनेलाई पनि फाइदा हुने उनी बताउँछन्। विद्युतीय गाडीमा बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने समस्या पनि छैन। कम्पनीहरुले ८० प्रतिशतसम्म डाउन पेमेन्टमै गाडी बिक्री गरेका छन्।

 

त्यस्तै टाटाले पञ्चको इभी पनि नाडा अटो शोमै सार्वजनिक गर्ने तयारी गरेको छ। नाडा अटो शोमा टाटा मोटर्सका उच्च अधिकारीसमेत आएर लन्च गर्दै छन्।नयाँ गाडी खरिदमा चासो राख्नेहरु अधिकांश विद्युतीयतर्फ लागेका छन्। कम्पनीका अनुसार दुईतिहाइ ग्रहाकको चासो विद्युतीय गाडीमा छ। टाटाले आफ्ना सबै पेट्रोलका साधनलाई विद्युतीयमा मोडिफाई गरेरसमेत बजारमा ल्याउँदै छ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...