नौजनालाई अनेसास नवरत्न पुरस्कार
Thursday Sep 07, 2023
वि.सं.२०८० भदौ २१ बिहीवार २२:२५
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान(पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार अनु शाह ९साहित्य(बोस्टन०, आचार्य प्रभा ९साहित्य(कोलोराडो०, ज्योति राई ९समाजसेवा(न्यूयोर्क०, मञ्जु कार्की संग्रौला ९डिसी(समाजसेवा०,माया गुरूङ् ९ साहित्य – बेलायत०,रीतादेवी प्रधान ९क्यालिफोर्निया( साहित्य०,शान्ता घिमिरे ९न्यूजर्सी( साहित्य०, डा। संगीता स्वेच्छा ९साहित्य(बेलायत० र सुनिता डंगोल ९उपमेयर – काठमाडौं, समाजसेवा० रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।























