CG Electronics
IME Life
NIMB

हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा, सयौं प्रभावित

NIMB
Himalayan Bank

 

काठमाडौँ । हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ । हङकङका सडक र सबवे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालहरू बन्द गरिएका छन् ।

बिहीबारदेखि सुरु भएको मुलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन् । अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बीरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिंडिरहेका देखिन्छन् ।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन् । वार्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन् ।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ । भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ ।

ग्वाङडोङ प्रान्तमा सयौं उडानहरू रद्ध गरिएको छ । स्थानीय अधिकारीहरूले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन् । दक्षिणी चीनको घना जनसंख्या भएको तटीय क्षेत्रमा करोडौं मानिस बस्दै आएका छन् ।

हङकङका सामाजिक सञ्जालमा पानी बगीरहेका सडकहरू देखिएका छन् । सडकहरू उग्र नदीहरूमा परिणत भएका छन् । पानी प्लेटफर्महरू चढेको देखाइएको छ । हङकङको मुख्य टापुलाई यसको उत्तरम रहेको काउलुन प्रायद्वीप जोड्ने प्रमुख सुरुङक मार्ग क्रस हार्बर पनि डुबानमा परेको थियो ।

मौसम अधिकारीहरूले बिहीबार रातिलाई भारी वर्षाको संकेत गरेका थिए । एक घण्टामा ७० मिलिमिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन् । त्यो रातपछि हङकङ अब्जर्भेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो । यो सन् १८८४ मा रेकर्डहरू सुरू भएकादेखिकै उच्च हो ।

हङकङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भागमा १८ः०० स्थानीय समय (१०ः०० जिएमटी) र मध्यरातको बीचमा २०० मिलिटरभन्दा बढी वर्षा रकर्ड गरिएको थियो । यो वर्षा सामान्यभन्दा बढी हो ।

शेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो तर हङकङका अधिकारीहरूले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए । चीनको सौसम प्रशासनले शुक्रबार र शनिबार देशको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ ।

एक सातामा साओला र हाइकुई नामक दुई टाइफुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो । बारम्बार आउने उष्ण तटीय अधिहरूको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति बृद्धि हुँदै गएको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...