CG Electronics
IME Life
NIMB

महिला उद्यमीहरुको विकासका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रिजाल

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महिला उद्यमी महासंघ नेपालको २० वार्षिक साधारण सभा तथा ९ औं महाअधिवेसन लाई सम्बोधन गर्दै उनले महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि नीतिगत सुधार र अन्तराष्ट्रिय बजारीकरणसँग पहुँच स्थापना गर्ने विषयमा मन्त्रालय सदैव सकारात्मक रहेको बताएका हुन् ।

उनले भने,‘नेपाल महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनका लागि नीतिगत सुधार ,दक्षता अभिवृद्धि ,स्वदेशी वस्तुहरुको प्रवद्र्धन ,व्यवसायीक वातावरण निर्माण ,बजारीकरण र अन्तराष्ट्रिय बजारीकरणसँग पहुँच स्थापना गर्ने विषयमा मन्त्रालय सदैव सकारात्मक छ ।’

उनले मूलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको टिप्पणी गरे । महिला उद्यमीद्धारा सञ्चालित उद्योगहरुको विकास र विस्तारले आर्थिक विकास तथा रोजगारीका अवसर सृजना गरि मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन मदत गरेको उनको भनाई छ ।

उनले भने, ‘मूलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको छ । महिला उद्यमीद्धारा सञ्चालित उद्योगहरुको विकास प्रवद्र्धन विस्तारले स्थानिय स्थरदेखी नै आर्थिक विकास तथा रोजगारीका अवसर सृजना गरि मूलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन मदत गरेको छ ।’

उनले आत्मानिर्भर अर्थतन्त्र निर्माणको लागि सरकार र नीजि क्षेत्रबीच समन्वय एवं सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा उद्यमी महासंघका नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले, महीला उद्यमीको हितको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् ।

सरकारले महीला उद्यमीको हितको लागि आवश्यक सहयोग गर्न पर्ने उनको भनाई छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...