CG Electronics
IME Life
NIMB

मिलेर बसेको देखेर मन भत भत पोल्नेहरु पनि छन् : अध्यक्ष ओली

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको , रमाएको देखेर मन पोल्नेहरुका कारण साम्प्रदायीक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु भएकाले सबै जातजाति एकै ठाउँ बसेको ,रमाएको देखेर मन पोल्नेहरुले चाडपर्वको महत्व नबुझ्ने टिप्पणी गरे ।

उनले भने, ‘फेरी पनि भन्न सकिँदैन् यस्ता चाडपर्व मन नपराउने, एकता, सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु । झगडा गरेर मारामार गर्नुपर्ने कहाँ एकै ठाउँमा बसेर रमाएको देखेर मन भत भत पोल्नेहरु छन् । चाडको अर्थतन्त्र त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैन । किन कि चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो ।’

उनले ४८ सालमा तीजको बेला कार्यक्रम गर्दा अर्घाखाँचीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले महिला दिदी बहिनीहरुलाई कुटपीट गरेर आतङ्क मच्चाएको घट्ना स्मरण गर्दै उनले अझै पनि मानिसहरुको सोच परिर्वतन हुन नसकेको बताए ।

उनले हरेक चाडका पछाडि बिशेष अर्थ र महत्व रहेको भन्दै चाडपर्वले सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउँने बताए ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...