CG Electronics
IME Life
NIMB

ऊर्जा उत्पादनका क्रममा आदिवासी जनजातिको हितलाई केन्द्रमा राख्ने ऊर्जामन्त्री बस्नेतको प्रतिबद्धता

NIMB
Himalayan Bank

 

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले, विद्युत उत्पादनका क्रममा, आदिवासी जनजाति समुदायको हितलाई समेट्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

आदिवासी जनताजाति आयोगद्धारा आयोजित जलविद्युत उत्पादन ,प्रसारण र वितरणले आदिवासी जनताजातिको हक अधिकारको कार्यान्वयनमा पारेको असर न्यूनिकरण विषयक कार्यशालामा उनले ऊर्जा उत्पादनका क्रममा आदिवासीको हितलाई ध्यानमा राख्ने प्रतिबद्धता जनाएका हुन् ।

‘जलस्रोतको अधिकतम उपयोग गरेर मूलुकको विकास र उन्नतीका सम्भावना अवसरको सृजना गर्न सकिन्छ ।’ उनले भने ‘ आयोजनाको कारणले विस्थापित हुने जुन अवस्था त्यसलाई सम्बोधन गर्नका लागि १० प्रतिशत अथवा कुन रुपमा बनाउने त्यसमा सेयरको व्यस्था गरेर कहिँ न कहिँबाट त्यसमा सहभागिता दिएर अपनत्व प्राप्त गर्ने खालको परिस्थीति निर्माण हुन सक्यो भने यहाँहरुले भनेको हकको कार्यान्यवन पनि त्यहाँ हुन्छ । संविधानले भनेको समावेशी व्यवस्थाको कुरा पनि समावेश हुन्छ ।’

सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, कुलमान घिसिङले प्राधिकरणले विकास गर्ने क्रममा आदिवासी जनजातिको हकलाई सम्मान गर्ने गरेको र विस्थापित भएकाहरुको उचित व्यवस्था गर्ने गरेको बताए ।

‘हाइड्रोपावरले बिगार्यो भन्ने होईन मलाई त सम्पन्न बनाउँछ भन्ने लाग्छ र हरेक गाउँगाउँको खोला किनारामा सहरी बस्ती बनाउँछ त्यो हिसाबले हेर्नुपर्छ ।’ उनले भने ‘हामीले विकास हरेक ठाउँमा अवरोध नै मात्र गरेर हामी कहाँबाट विकास गछौं ? कतै घर नै हटाउँनु पर्यो भने या जग्गा नै छोड्नु प¥यो भने हामीले रिप्लेस चाहि गर्ने गरेका छौं ।’

राष्ट्रिय मानवअधिकार आयोग र जनजाति आयोगका अध्यक्षले, विकासका काम हुदाँ जनजातिको अधिकारलाई ख्याल गर्नु पर्ने सुझाव दिएका थिए ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...