CG Electronics
IME Life
NIMB

आयोडिनयुक्त नुनको प्रयोग बढ्दै

NIMB
Himalayan Bank

काठमाडौं । सुदूरपश्चिम ७ नं प्रदेशमा आयोडिनयुक्त धुलो तथा ढिके नूनको प्रयोग बढ्दै गएको छ । जनचेतानाको कमीका कारण विगतमा आयोडिन तत्व नभएको ढिके नून प्रयोग गर्दै आएका स्थानीय बासिन्दा हाल आयोडिनको महत्वबारे थाहा पाएपछि अयोडिनयुक्त ढिके र धुलो नून प्रयोग गर्न थालेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढी शाखाका अनुसार डेढ दशकअघि सम्म निकै कम परिमाणमा खपत हुँदै आएको आयोडिन नून हाल ७ नं प्रदेशका अधिकांश बासिन्दाले उपभोग गर्न थालेका छन् ।

“अयोडिन भएको ढिके नून २० र प्याकेट नून ८० प्रतिशतले उपभोग गर्न थालेका छन्”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भने “कञ्चनपुरका सीमावर्ती बेलौरी र ब्रह्मदेव लगायतका क्षेत्रबाट भने केही परिमाणमा खान नहुने ढिके नून अबैधरूपमा भित्रिने गरेको छ ।”

पहाडी क्षेत्रका अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्लामा सरकारले अनुदानमा प्रतिकिलो रु नौमा अयोडिन नून बिक्री–वितरण गर्दै आए पनि अन्य जिल्लामा भने अनुदान दिइएको छैन ।

अनुदानमा नून बिक्री–वितरण नहुने डोटी, डडेलधुरा, बैतडी लगायतका जिल्लाका कतिपयले भने भारतीय सीमा क्षेत्रबाट भित्रिने गुणस्तहीन नून उपभोग गर्ने गरेको पाइएको पाण्डेले बताए ।

कार्यालयले आव ०७३/७४ मा आयोडिन ढिके नून ७८ हजार र प्याकेट नून ९२ हजार क्विन्टल बिक्री–वितरण गरेको छ । सात नं प्रदेशमा वार्षिक नूनको माग करिब एक लाख ७५ हजार क्विन्टल रहेको छ । कर्पोरेशनले ढिके नूनको खपत घटाई आयो नूनको उपभोग बढाउने लक्ष्य लिएकोे छ ।

नेपालमा आयोडिन प्राप्त हुने खाद्य वस्तु नूनबाहेक अरू नभएको बताइन्छ । आयोडिन नभएको ढिके नूनको प्रयोगले मानिसमा गलगाँड, सुस्तः मनस्थिति, लाटो–लठेब्रोजस्ता समस्या देखिने गर्दछ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...