CG Electronics
IME Life
NIMB

नेपाल कुरियर सेवा संघको अध्यक्षमा सुवेदी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल कुरियर सेवा संघको अधिवेशनले दुर्गा प्रसाद सुवेदी ‘दिपेश’को अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको निर्वाचित गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल र तिलराज खतिवडा, महासचिवमा राजकुमार सामरी, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सहकोषाध्यक्षमा निरञ्जन थापा चुनिएका छन् ।

समितिको सदस्यहरूमा निर्मल राठी, किरण थापा, मिना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैनाली, निशा आचार्य र रणदिपजंग रायमाझी निर्विरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष दुर्गा प्रसाद सुवेदी ‘दिपेश’ले सरकारी हुलाक सेवालाई जस्तै काठमाडौं उपत्यकामा कुरियर सेवालाई पनि अत्यावश्यक अन्तर्गत राखेर कुरियर भ्यानहरू चौबिसै घण्टा निर्वाध सञ्चालन गर्न पाउनुपर्ने बताउँछन् ।

ब्लड स्याम्पल, पासपोर्ट लगायतका अत्यावश्यक सामान कुरियरमार्फत नै आदान प्रदान गर्न सहज र छिटो हुने भएकाले यसलाई अत्यावश्यक सेवाभित्र राख्नुपर्नेमा उनले जोड दिए ।

नेपालका एअरलायन्स कम्पनीहरूले आफ्नो कामको प्रकृतिभन्दा बाहिर गएर कुरियरको काम गरेकोमा अध्यक्ष सुवेदीले गुनासो गरे । उनले कुरियरको काम गर्ने हो भने कुरियर सेवा प्रदायकको रुपमा दर्ता भएर मात्रै काम गर्नुपर्नेमा जोड दिए ।

आईकाओ र युरोपेली युनियनले अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै टर्मिनल नै कुरियरका लागि छुट्टाउनुपर्ने २४ घण्टा नै सञ्चालन हुनुपर्ने बताइसकेपनि सरकारले त्यसको व्यवस्था नगरेको उनको गुनासो छ ।

कुरियरमा एक ठाउँबाट अर्को ठाउँमा सामान पठाउँदा सामान पठाउने व्यक्तिले बिल पठाएका हुन्छन् । त्यो बिल भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टममा विवरण राखिएको हुन्छ । सो अनुसारको सामान रहे नरहेको प्रसासनले चेक गर्दछन् । चेक गर्दा गाडीमा त्यसअनुसारको सामान नभेटिए पूरै गाडीको सामान रोक्ने प्रावधान छ । जसले गर्दा एक व्यक्तिको गल्तीले धेरैको सामान रोकिरहेकोमा उनले यस्तो व्यवस्था हटाइ जसले गल्ती गरेको छ, उसको मात्रै सामान रोक्न र अरुको गन्तव्यमा पुग्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा तीन सयभन्दा बढी कुरियर सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...