CG Electronics
IME Life
NIMB

युवा उद्यमशीलता शिखर सम्मेलन : समन्वयको अभावले युवाका मुद्दा समाधान कठिनाई

NIMB
Himalayan Bank

 

काठमाडौँ, ३० भदौ । सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमम उहाँहरुले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा समस्या भएको बताउनु भउको छ ।

राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले १६ औ पञ्चबर्षिय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताउनुभयो ।

उहाँले युवाहरुलाई उपलब्ध गराउदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताउनुभयो ।

“सहुलियतपूर्ण कर्जा गयो । तर उत्पादन र रोजगारी पनि बढेन । त्यसैले हामीले अहिले रोकेको छौ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा उद्योग तथा बाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याएपनि कार्यन्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताउनुभयो ।

उहाँले युवाका समस्या युवासंग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा गर्नुभयो ।

उहाँले उद्यमशिल हुन तयार रहेका युवालाई सरकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सचिव मरासिनीले स्टार्टअप सम्बन्धि कार्यविधि सवै निकायमा पुर्याइरहेको भन्दै संशोधनको हुन नसकेर कार्यविधिलाई जारी गर्न नसकेको बताउनुभयो ।

उहाँले पाँच महिना हुँदा पनि कार्यविधि बन्न नसकेर युवाका क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो ।

उहाँले अन्तरनिकाय मन्त्रालयबीच समन्वय नहुँदा युवाका समस्यालाई सम्बोधन गर्न नसकिएको बताउनुभयो ।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैंकहरु उद्यमशीलतामा लगानी गर्न डराएको बताउनुभयो ।

“ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ, ” उहाँले भन्नुभयो ।

उहाँले जनयुद्ध, भुकम्प र कोरोना भाइरसले गर्दा बैंकलाई समस्या परेको भन्दै उद्यमका अगाडि बढ्न चाहने युवालाई बैंकले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व अध्यक्ष भवानी राणाले उहाँले अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको भनाई राख्नुभयो ।

उहाँले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा उद्यागी पवन गोल्यानले स्थानीय तहसंग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताउनुभयो । “किसानले दुःख गरेर उत्पादन गर्दछ तर वेच्न सक्दैन । किसानले उत्पादन गरेको खाद्यबस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ ,”उहाँले भन्नुभयो ।

उहाँले सरकारले उद्योग खोल्नका लागि अप्यारो पार्न नहुने भन्दै बैंकले फाइदाको निश्चित प्रतिशत कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले सवै नेपाली नेपालमा उत्पादन गरेको खानेकुरा खानुपर्ने भनाई राख्नुभयो ।

रिटर्नी माइग्रेशनका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, युवा शंकर उपाध्याय, मानवहादुर धनहामगर, तीर्थराज ढुंगेल, नारायण गिरि, आरती शर्मा लगायतले युवालाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...