CG Electronics
IME Life
NIMB

लेखा समितिमा कार्यविधि मस्यौदामाथि छलफल : निर्देशन कार्यान्वयन नहुने समस्या प्रति सदस्यहरु चिन्तित

NIMB
Himalayan Bank

 

काठमाडौं । सार्वजनिक लेखा समितिमा कार्यविधि मस्यौदामाथि छलफलमा सहभागि सांसदहरुले निर्देशन कार्यान्वयन नुहने समस्याप्रति चिन्ता व्यक्त गरेका छन् ।

सभापति ऋषिकेश पोखरेलले हामी परिणाममुखी हनुको लागि तीन वटा विषय वस्तुलाई आधार बनाउँनु पर्ने बताए ।

आज बसेको प्रतिनिधि सभा अन्तरगत सार्वजनिक लेखा समितिको बैठकमा कार्यविधिमाथिको छलफलमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगतको निरन्तरता नदोहो¥याउन र कार्यविधि मन्त्रालयको मात्रै होईन् सबै सरकारी संस्थाहरुको पहुँच पनि पुग्ने गरी निमार्ण गर्नु पर्ने सुझाव दिए ।

निर्देशनहरु कार्यान्वयन नहुने समस्याप्रति उनको असन्तुष्टि छ ।
उनले भने, ‘निर्देशनहरु कार्यान्वयन भएन भने विगतकै निरन्तरता हुन्छ । विगतको निरन्तरता नदोहोरियोस भन्न चहान्छु र समिति मन्त्रालयका लागि मात्रै होईन् सबै सरकारी संस्थाहरुको पहुँच पनि पुग्ने गरी निमार्ण गर्नुपर्छ ।’

त्यस्तै, सांसद गोकुल बास्कोटाले सुविधाको लागिभन्दा पनि आवश्यकताको आधारमा समिति बनाउँनु पर्ने भन्दै निमार्ण क्षेत्रमा देखिएको व्यथितिको अन्त्य गर्नको लागि कानून बनाउन निर्देशन दिनुपर्ने सुझाव दिएका छन् ।

‘हाम्रा निर्णयहरु सार्वजनिक खपतको लागि होईन्, व्यवहारमा त्यसले परिणाम नदिने खालको हुन्छ । त्यस तर्फ ध्यान दिन आवश्यक छ र अर्को सुझाव कसैको सुविधाको लागि भन्दा पनि हाम्रो आवश्यकताको आधारमा समिति बनाउँनु पर्छ ।’

उनले भने ‘ निमार्ण व्यवसायिहरुलाई ठेक्का दिने पैसा नदिने यसले म्याद थप्ने लागत बढाउने यो व्यथितिको अन्त्य गर्न पनि ठोस कदम चाल्नु पर्ने छ । कानून छैन्, कानून बनाउन निर्देशन दिनु पर्छ । कानून छ त्यसलाई कार्यान्वयन गर्न तर्फ लाग्नु पर्छ ।’

बैठकमा, समिति सभापति, ऋषिकेस पोखेलले, प्रशस्त अध्ययन, त्यसका तथ्य र प्रमाणहरुका आधारमा मात्रै निर्देशन दिने परिपाटीको विकास गरिने बताए ।

उनले भने, ‘हामी परिणाममुखी हुनि कि नहुने भन्ने विषयमा, तीन वटा विषयवस्तुलाई हामीले आधार बनाउँनु पर्छ हामीले परिणाम खोज्नलाई एउटा हाम्रो प्रशस्त अध्ययन, दोस्रो त्यसका तथ्य र प्रमाणहरु तेस्रो प्रक्रिया र कानून यो तीन वटा कुरालाई पूर्णता नगरिकन अब हामी निर्देशनको बाटोभित्र नजाउँ र यो तीन वटा कुरालाई प्रक्रिया पुराएर निर्देशन दिउ र परिणाम खोजौं ।’

 

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...