CG Electronics
IME Life
NIMB

ललितपुर उद्योग वाणिज्य संघमा मसहित प्यानलको जित सुनिश्चित छ : उम्मेद्वार बज्राचार्य

NIMB
Himalayan Bank

 

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् ।

बज्राचार्यले असोज १९ गते ललितपुरमा हुने साधारणसभामार्फत चयन हुने नयाँ नेतृत्वमा अध्यक्षकारुपमा उम्मेद्वारी दिएको र जित निश्चित रहेको बताएका हुन् । संघको अध्यक्षमा निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने बजाचार्यको भनाई छ ।

‘देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,’ बज्राचार्यले भने, ‘ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्नेगरी काम हुन्छ ।’ यस्तै, जिल्लाभित्र रहेका ३० वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना सुनाए ।

ब्राचार्यले जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डकारुपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने समेत बताए । यही असोज १९ गते हुने संघको साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुन्छ । संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् । जसमध्ये बज्राचार्य प्यानको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन । यसबाहेक, संघको कार्यसमितिलाई चाहिने पदाधिकारीसहितको २२ जना नै उम्मेद्वार आफ्नो प्याजनलमा रहेको बज्रचार्यले बताए ।

‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...