CG Electronics
IME Life
NIMB

काठमाडौं विद्युतीय व्यवसायी संघद्वारा रक्तदान कार्यक्रमको आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं । विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको रुपन्तरण दिवसको उपलक्ष्यमा काठमाडौं विद्युतीय व्यवसायी संघले मिति २०८० साल भाद्र ३० गते शनिबार महाराजगञ्ज काठमाडौंमा र मिति २०८० साल भाद्र ३१ गते आइतबार भोटेवहाल, काठमाडौेंमा रक्तदान कार्यक्रम को आयोजना गरि १३४ पिन्ट रगत संकलन गरिएको छ ।

विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष श्री रेशम प्रसाद देवकोटाज्यूको प्रमुख अतिथ्यतामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं विद्युतीय व्यवसायी संघ, गोंगबु एरिया समिति र चावहिल एरिया समितिको सहयोगमा मिति २०८० साल भाद्र ३० गते शनिबार महाराजगञ्ज काठमाडौंमा महासंघका अध्यक्ष श्री रेशम प्रसाद देवकोटाज्यूले रक्तदान गरि शुरु गरिएको उक्त रक्तदान कार्यक्रममा महासंघ एवं संघका पदाधिकारी, संघसंग आवद्ध सदस्य तथा विद्युतिय सामानका व्यवसायी एवं सर्व साधारणहरूद्धारा जम्मा ४१ जनाले रक्तदान गर्नु भएको थियो ।

काठमाडौं विद्युतीय व्यवसायी संघ र बोधिसत्व परिवार क्लबको संयुक्त आयोजनामा मिति २०८० साल भाद्र ३१ गते आइतबार भोटेवहाल, काठमाडौेंमा संघका अध्यक्ष श्री दिवेश कुमार जैनज्यूले रक्तदान गरि शुरु गरिएको उक्त रक्तदान कार्यक्रममा महासंघ एवं संघका पदाधिकारी, संघ एवं क्लबसंग आवद्ध सदस्य तथा विद्युतिय सामानका व्यवसायी एवं सर्व साधारणहरूद्धारा जम्मा ९३ जनाले रक्तदान गर्नु भएको थियो ।

सो अवसरमा संघका अध्यक्ष श्री दिवेश कुमार जैनज्यूले रक्तदान कार्यक्रममा सहभागीहरूलाई प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

 

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...