CG Electronics
IME Life
NIMB

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

NIMB
Himalayan Bank

 

 

  • दैनिक स्योर प्राइजमा एनसेलका सेवा, सुविधाहरु पाईने
  • हरेक हप्ता रु १०० बोनस ब्यालेन्सको सरप्राइज १,००० जना ग्राहकलाई
  • ७ वटा स्कुटर बम्पर प्राइजमा जित्न सकिने

काठमाडौं, असोज १ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्छन् । यति मात्र होइन, ग्राहकहरूले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्नेछन् ।

 

एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको घोषणा गरेको हो । यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउँछन् । आइतवारदेखि नै ग्राहकहरूले एनसेलका सेवा, सुविधाहरु स्योर प्राइजका रुपमा उपहारहरू निःशुल्क प्राप्त गर्न थालिसकेका छन् ।

 

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कारहरु पाउन योग्य हुन ग्राहकहरूले सजिलै *१७११७# डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइज स्वरुप प्राप्त गर्छन् । ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा, सुविधाहरु २४ घण्टाको लागि मान्य रहन्छ ।

 

२८ दिनसम्म संचालनमा रहने यस योजना अवधिमा १ हजार जना ग्राहकले हरेक हप्ता सरप्राइज स्वरुप रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा, सात जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारको रूपमा एक–एक वटा स्कुटर जित्नेछन् ।

 

साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ । सहभागी हुन चाहने ग्राहकले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइट https://www.ncell.axiata.com/en/individual/offers/surprise-sure-prize मा पठाउनु पर्दछ ।

 

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

 

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...