CG Electronics
IME Life
NIMB

कोकाकोलाको कार्यालयमा अमेरिकन च्याम्बर अफ कमर्सको ‘मेम्बरसिप लर्निङ’ कार्यक्रम  

NIMB
Himalayan Bank

काठमाडौँ । अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरुको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्सले (एमच्याम)ले आफ्ना सदस्य मध्येको एक बोटलर्स नेपाल (तराई) लिमिटेडमा ‘मेम्बरसिप लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमले एमच्यामका सदस्यहरूलाई नेपालमा सञ्चालित सबैभन्दा पुरानो अमेरिकी कम्पनी बोटलर्स नेपालका सदस्यहरूसँग भेट्ने,  कम्पनी तथा यसको ब्यवसाय, उत्पादन प्रक्रिया, गुणस्तर,  दिगोपना र समुदाय वरपरका अन्य गतिविधिहरू बारे जान्ने अवसर प्रदान गरेको एमच्यामका अध्यक्ष अजित शाहले बताए ।

कम्पनीले पेय पदार्थ उत्पादन मात्रै गर्ने नभई बोतलको रिसाइकल समेत गर्दै आएको छ ।

सो अवसरमा एमच्याम सदस्यहरूलाई नारायणी मोडेल सेकेन्डरी स्कुलको भ्रमण गराइएको थियो । भ्रमणका क्रममा कोका-कोलाले आफ्नो साझेदार स्प्लास नेपालसँग मिलेर ‘रेन वाटर हार्वेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ परियोजना कार्यान्वयन गरेकोबारे जानकारी गराएको थियो ।

यस परियोजना मार्फत पिउने पानीको सुविधा गरिएकाले विद्यालयका तीन हजार विद्यार्थी सहज लाभान्वित छन् ।

एमच्यामको नेटवर्किङ कमिटीले समन्वय गर्ने यो कार्यक्रम हरेक सदस्यको कार्यालयमा गएर अन्तरक्रिया र अवलोकन गर्ने भएकाले त्यहाँको बारेमा बिस्तृतमा बुझ्ने, कम्पनीहरूबीच व्यवसायिक साझेदारीको ढोका खुलाउने तथा समस्याहरूसँग जुध्न एक ढिक्का बनाउने शाह बताउँछन् ।

एमच्यामका बोर्ड सदस्य आकाश गोल्छाले एमच्याम टिमलाई यस्तो महत्त्वपूर्ण भ्रमण गराएकोमा कोका कोला टिमलाई धन्यवाद दिए।

एमच्याम नपालका अध्यक्ष अजित शाह र सिडर गेट्सका प्रमोद राईको नेतृत्वमा लर्निङ सिरिज सञ्चालन गरिएको थियो । कार्यक्रमको सम्योजन बोटलर्स नेपालको पब्लिक एफियर्स डाइरेक्टर स्नेह राजभण्डारीले गरेकी थिइन् ।

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप फुटसल प्रतियोगिता–२०८३’ सम्पन्न

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप...

वि.सं.२०८३ असार १५ सोमवार २३:५७

  काठमाडौं, असार १५ – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

एलजीले नेपाली उपभोक्ताका लागि ‘इसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘इसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार १५ सोमवार २३:२७

       ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नेपाली...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन प्रतिकार्य सुदृढ गर्ने पहल

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन...

वि.सं.२०८३ असार १४ आइतवार २२:०६

काठमाडौँ, असार ११, २०८३ (जुन २५, २०२६) — काठमाडौँको व्यस्त...