CG Electronics
IME Life
NIMB

निर्वाहमुखी कृषि प्रणाली परिर्वतन नभएसम्म विकास सम्भव छैन् : डा. वाग्ले

NIMB
Himalayan Bank

 

काठमाडौं । सांसद तथा अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेले, निर्वाहमुखी कृषि प्रणालीबाट परिर्वतन नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।

‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्र्तक्रियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भएपनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए ।

उनले वर्षभरी काम गरेर खान नपुग्ने कृषि प्रणाली छोडेर नयाँ तर उत्पादनमुखी कृषि प्रणाली अवलम्बन गर्न सके मात्र विकास सम्भव हुने धारणा राखे ।

वाग्लेले भने, ‘कृषिको २४ प्रतिशतको हिस्सा घट्नुपर्छ भन्छु म,घट्छ पनि । तर, उत्पादकत्व चाँहि बढ्नुपर्यो । कृषि क्षेत्रको अंश घटिरहेको छ ।

किनकि त्यो निर्वाहमुखी कृषिबाट हामी सबै भागेका हौं । १६, १७ घण्टा काम गर्दा पनि बल्लबल्ल दुई छाक खान सक्ने कृषिबाट भागेका हौं र भाग्नै पर्छ । नभए विकास नै हुँदैन । तर, यसको ठाउँमा थोरै इनपुटले पनि धेरै आउने खालको उच्च उत्पादन हुने कृषिमा हामी जानुपर्छ ।’

उनले कृषि मात्रै नभएर उद्योगको योगदानलाई पनि दश देखि १२ प्रतिशत सम्म पुर्याउन सकिने धारणा राखेका छन् । साथै उनले ग्रिन इनर्जिको क्षेत्रमा नेपालमा सम्भावना देखिएको भन्दै त्यसतर्फ थप अध्ययन गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको हकमा अब चाँही हामीले ग्रिन इनर्जिको बारेमा अध्ययन गर्नुपर्छ । मलाई लाग्छ बिसौँ सताब्दीको औद्योगिकरणको मोडलबारे कुनै सम्भावना नै थिएन नेपालको । अब चाँही जलवायु परिवर्तनले गर्दा विश्व नै कार्वन उत्सर्जनलाई न्यूनिकरण गर्नेमा लागेकाले हाम्रो लागि केही नयाँ सम्भावना ग्रिन इनर्जिको क्षेत्रमा देखिन्छ,’ वाग्लेले भने ।

सांसद वाग्लेले नेपालको पर्यटनमा ठूलो सम्भावना रहेको भन्दै हाल यो क्षेत्रको ११ प्रतिशतको योगदानलाई बढाएर २५ प्रतिशत सम्म पुर्याउनुपर्नेमा जोड दिए । तर, नेपालमा आउने पर्यटकको बसाई लम्ब्याउने र उनीहरुले खर्च गर्ने क्षमतामा वृद्धि गराउन योजनावद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई छ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...