CG Electronics
IME Life
NIMB

वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन, काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ जनावरहरू उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

उनले भने ‘ म पूर्ण विश्वस्त छु कि यो सम्मेलनले हामीलाई स्वस्थ जनावरहरू उत्पादन गर्न, वंशाणुगत रोगहरू नियन्त्रण गर्न र मानिसहरुलाई सुरक्षित खाद्यान्न उपलब्ध गराउन अगुवाइ गर्न मद्दत गर्नेछ।’
भेटेरिनरी पब्लिक हेल्थ नेपाल र एसोसिएसन अफ पब्लिक हेल्थ भेटेनरियन्स, भारतको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।

नेपालजस्ता न्यून र मध्यम आय भएका देशहरूमा जनस्वास्थ्यको महत्व अझै बढी रहेको भन्दै उनले आफ्नो गम्भीर भूमिकालाई पुरा गर्न पशुचिकित्सकहरुलाई अनुरोध गरे ।

‘पशुचिकित्सकहरूको सेवाले जनस्वास्थ्य प्रवर्द्धन र मानिसहरूमा रोगहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाई छ ।

‘पशुचिकित्सकहरू सर्वोत्कृष्ट महामारीविद् हुन र जनस्वास्थ्यमा निर्णायक भूमिका खेल्ने स्वाथ्यकर्मी भए पनि निम्न र मध्यम आय भएका देशहरूमा उनीहरूलाई उचित सम्मान गर्न सकिएको छैन् । ’ उनले भने

उनले पशु चिकित्सकहरूको ज्ञान र सीपहरूलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत र मुख्य प्रवाहमा ल्याउन सके देश र मानव जातिलाई नै हित हुने उनको भनाई छ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...