CG Electronics
IME Life
Ncell NPL

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनु भएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’

‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ । यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ ।’

‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकरात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’

‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ, गर्न कठिन छ । त्यसकारण सकरात्मक कुरा बिकाउन गाह्रो छ ।’

उहाँले भन्नुभयो, ‘समस्या सिस्टममा छ, नकरात्मक बहसले निरन्तर राम्रो काम गरिरहेको छ । राम्रो काम गर्न चाहनेहरु ओझेलमा पर्ने भए । राजनीति र प्रशासनमा राम्रो काम गर्नेहरु छन्, सुशासन, दीगो विकास र समृद्धिको जुन मापदण्ड बनाइएको छ, त्यसमा खरो नउत्रिने पनि छन् । अर्थात् शासनभित्र र बाहिर सबै खाले प्रवृत्ति छन् ।’

देशमा सकरात्मक बहसको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सही काम गर्नेहरुलाई चिन्न आवश्यकता छ । यो किसिमको बहस देशमा चल्यो भने जसले काम गर्दैन, त्यसलाई छुट्याउँ, जसले काम गरेको उसलाई चिनौं । यो परम्पराको थालनी हुनुपर्छ ।’

कानुनी शासन सुशासनको पहिलो आधार भएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘कानुनअनुसार हामी काम गर्छौ कि गर्दैनौं । त्यत्ति मात्र होइन, हामी कामप्रति समर्पित छौं कि छैनौं । कानुन मान्ने तर, काममा ढिलासुस्ती भयो भने नतिजा आउँदैन । नतिजा बिनाको सुशासनको अर्थ छैन । राज्य संरचनामा हामीले अनेकौं स्टक्चर सिर्जना गरेका छौं । सही काम गर्दागर्दै पनि त्यहाँ प्रश्न उठाइराखेका हुन्छौं । ठीक काम गरे पनि त्यसमा प्रश्न उठाउने भएकाले प्रशासनतन्त्रमा निर्णय नगर्ने प्रवृत्ति छ । निर्णय नभएपछि काम भएन ।’

‘दीगो विकासमा हामी तत्कालको मात्र कुरा गर्ने कि आउँदो पिढीको पनि कुरा गर्ने ? प्रकृतिसँग सहकार्य गरेर हामी अगाडि बढ्ने कि जेसुकै होस् भनेर तत्कालको आवश्यकता हेर्ने ? यो कुरा हामीले निर्धारण गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘तत्कालिक आवश्यकतालाई मध्यनजर राख्दा सामाजस्यता गर्नुपर्ने हुन्छ ।

 

श्रोत सानो छ, तत्काल गर्नुपर्ने राजनीतिक दबाब छ, त्यसमा कसरी सामाजस्यता गर्ने भन्ने कठिन चुनौति हाम्रा अगाडि छ ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘समृद्धि पनि तत्कालिक र दीर्घकालीन हुन्छ । आधुनिक विकास हामीले धेरै ढिलो सुरु गरेका हौं । राजनीतिक स्थरिता पनि ढिलो भयो । यो कुरा अहिले गरियो भने क्षमा पाइँदैन । सत्तामा बस्नेको यो बहानाबाजी हो भनिन्छ ।’

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१९

  काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय...

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१५

  बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१३

  काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...