CG Electronics
IME Life
NIMB

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो शोरुमसहित एमजीको पाइला विस्तार

NIMB
Himalayan Bank

 

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा. लि. ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ ।

यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको छ ।

नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै सम्मानित ग्राहकहरूलाई सेवा अझ बढाएको छ ।

यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको प्रमाण हो ।

नयाँ शोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम श्री सचिन अर्यालले भन्नुभयो, “दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छाँै ।”

यस नयाँ शोरुम मार्फत आफ्नो पहुँच विस्तार गर्दै प्यारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिगपन कायम गरेको छ । यस स्थापनाले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको छ ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ ।

आफ्ना सेवाग्राहीहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।

यी स्थानहरुमा आधा घण्टामै ८०% सम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।

 

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन प्रतिकार्य सुदृढ गर्ने पहल

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन...

वि.सं.२०८३ असार १४ आइतवार २२:०६

काठमाडौँ, असार ११, २०८३ (जुन २५, २०२६) — काठमाडौँको व्यस्त...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...