चाड पर्वलगत्तै सरकारले निर्माण क्षेत्र चलायमान हुने वातावरण बनाओस् : रवि सिंह
Wednesday Oct 25, 2023
वि.सं.२०८० कात्तिक ८ बुधवार १९:४२
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंहले चाड पर्व सकिएलगत्तै निर्माण कार्यले तिव्रता पाउने गरी वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले दशैँ अघि पर्याप्त भुक्तानी नदिएपनि अब तिहारपछि, उनकै भाषामा सार्वजनिक खरीद नियमावलीको संशोधनले बिगारेको काम सपार्ने गरी वातावरण बनाउने विश्वास व्यक्त गरे ।