CG Electronics
IME Life
Ncell NPL

मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । सोही दिन केबलकारको तल्लो स्टेसन चेरेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।। रक्तदानमा कम्पनीका कर्मचारी लगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए ।

२५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शन प्रालिले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान गरेको छ ।

कम्पनीले केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा योगदान पुगेको छ ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...