CG Electronics
IME Life
NIMB

बिक्री नहुँदा शैलुङका किसानको लाखौँका काउली बारीमै सड्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रामेछाप । रामेछाप र दोलखाको शैलुङ क्षेत्र आसपासमा किसानले लगाएको काउली बिक्री नहुँदा लाखौँ रुपैँयाको क्षति बेहोर्नु परेको छ ।

किसानले लगाएको काउली बिक्री नभएपछि बारीमा त्यतिकै सडेर गएको छ । उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएका छन् ।

स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रति केजि पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ । व्यापारीले काउलीको भाउ पाँच रुपैयाँ निर्धारण गरेपछि किसाने बिक्री गर्न छाडिदिएका हुन् ।

‘पाँच रुपैयाँ किलोमा त बारीबाट उठाएर प्याक गर्ने खर्च पनि पुग्दैन, मल, बिउ तथा मिहनेतको त कुरा कता हो कता, त्यसले किसानले काउली बारीमा नै छाडिदिएका छन्’, शेर्पाले भने ।

शैलुङ क्षेत्रमा पर्ने रामेछापको डडुवा, दोरम्बा र गौश्वारका किसानले ठूलो परिमाणमा व्यावसायिक रुपमा काउली खेती लगाएका थिए । त्यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका किसानले पनि काउली लगाएका छन् । दुवै जिल्लाका किसानको काउली अहिले बारीमा सडेर गएको छ ।

तिहार अघिसम्म प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भएको काउलीको भाउ स्वाट्टै घटको शेर्पाले बताए । भाउ नै नपाएपछि किसानले काउली सडाएर फाल्न बाध्य भएको उनको भनाइ छ ।

किसानले लगाएकोमध्ये २५ देखि ३० प्रतिशत काउली सढेर गएको उनले बताए । दुवै जिल्लाको गर्दा करिब एक करोड रुपैयाँ बराबरको काउली नास भएको शेर्पाको अनुमान छ ।

सरकारले कृषि बजार सुनिश्चित नगरिदिँदा किसानले नोक्सान बेहोर्नु परेको उनले बताए । ‘न बजारको ग्यारेन्टी छ, न प्रशोधन गर्ने कुनै उपकरण र सीप नै दिएको छ, किसानको लगानी त्यतिकै खेर गयो’, उनले भने ।

शैलुङ आसपासका किसानले केही वर्षयतादेखि व्य वसायिक रुपमा तरकारी खेती लगाउँदै आएका छन् । शैलुङका किसानले सो क्षेत्रमा साग, काउली, बन्दा, गाजर, मुला, केराउ लगायतका खेती लगाउँदै आएका छन् ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...