CG Electronics
IME Life
NIMB

काठमाडौं महानगरभित्र भोलिदेखि सूर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र भोलि बिहिबारदेखि सूर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ ।

बुधबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी गत मंसिर १२ गते निकालिएको सूचनाअनुसार आज अन्तिम दिन भएकाले भोलि २८ गतेदेखि पूर्ण रुपमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने जनाएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाको स्वास्थ्य विभागबाट मंसिर १२ गते निर्णय गरी खैनी, गुट्खा, पान पराग वा यस्तै मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरण निषेध गर्ने गरी १५ दिने सूचना जारी गरिएको भन्दै भोलिदेखि त्यसअनुसार बिक्रीमा प्रतिबन्ध लगाइने बताए ।

उनले कच्चा सूर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सूर्तीजन्य पदार्थ र धूमपानमा बिक्रीमा प्रतिबन्ध लगाइने भन्दै सार्वजनिक स्थलको सय मिटर वरपर बेच्न र सेवन गर्न नपाइने बताए ।

त्यस्ता वस्तु बिक्री गरेको पाइएमा दुईपटकसम्म जफत गरिने अनि तेस्रो पटक पाइए पसल बन्द गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए ।

उनले भने, ‘कच्चा सूर्ती, खैनी, गट्खा, सूर्ती, धूमपान वा यस्तै प्रकारका सूर्तीजन्य पदार्थ सार्वजनिक स्थलको एक सय मिटर वरपर बेच्न र सेवन गर्न पाइने छैन, त्यसो गरेको पाइए दुई पटकसम्म जफत गरिनेछ, तेस्रो पटक पनि पाइए पसल बन्द गर्ने छौं ।’

यसका लागि पसलहरुको नियमित अनुगमन र निगरानी गरिने पनि बताए ।

धूमपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने, सार्वजनिक स्थलको सय मिटर वरपर बिक्री गरेको पाइए जफत गरी बन्द गरिने जनाइएको छ ।

महानगरका ४ क्षेत्रमा १० जनाका दरले नगर प्रहरी परिचालन गरिने तथा केन्द्रमा १० जना निरन्तर अनुगमनको लागि तयार रहने जनाइएको छ । अनुगमनका लागि सादा पोशाकमा समेत नगर प्रहरी परिचालन गरिने भएको छ ।

सूर्ती सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएको भन्दै प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायमशालाहरु, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयहरु लगायत स्थलहरुमा त्यस्तो पदार्थलाई निषेध गर्न सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था महानगरले उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणामा रोक लगाउन सक्ने, निषेध र बवक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलहरुको चारकिल्ला तोकी तिनका वरपर सूर्तीजन्य र जंकफुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्था छ ।

त्यस्तो व्यवस्था भए पनि काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको जनाइएको छ ।

यसैगरी प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तीजन्य पदार्थको सेवनका कारण भूमि प्रदुषित हुने, ढल जाम हुने, फोहोरमैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको महानगरले जनाएको छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...