CG Electronics
IME Life
NIMB

विकास नीति संस्कृतिमैत्री हुनुपर्छः मन्त्री किराती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौलिक नेपाली संस्कृतिलाई उद्योगसँग जोड्नेगरी नीति तयार भइरहेको बताएका छन् ।

नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले यो जानकारी दिएका हुन् ।

संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न संघीय संस्कृति नीति बनाउनका लागि अध्ययन समिति बनाएका उनले बताए । त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन र कानून पनि बनाउने मन्त्री किरातीले जानकारी दिए ।

‘संस्कृतिलाई उद्योगमा जोड्ने नीति तयार गर्दैछौं’ उनले भने ।

कतिपय विकासोन्मुख राष्ट्रले संस्कृतिबाट धेरै लाभहरु लिइरहेको उल्लेख गर्दै मन्त्री किरातीले विकसित देशहरुमा संस्कृतिहरु हराउँदै गएको तर नेपालमा यसको धेरै ठूलो सम्भावना रहेको उल्लेख गरे ।

‘विकास नीति संस्कृतिमैत्री हुनुपर्छ भनेर प्राथमिकतासाथ लागिरहेको छु’ उनले भने, ‘हाम्रो देशको विकास योजनामध्ये ५२ प्रतिशत विकासहरु पूरा नहुनुको कारण संस्कृति अमैत्री भएर हो ।’

पर्यटकलाई खुसी पार्न, आफ्नो देशको संस्कृति प्रवर्द्धन गर्न, कलाकारिताको क्षेत्रमा व्यापक रुपले रोजगार सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउने उद्देश्यले पर्यटन बोर्डबाट रकम व्यवस्था गरेर पर्यटन प्रवर्द्धनकै लागि काम भइरहेको उनले बताए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...