CG Electronics
IME Life
NIMB

बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

 

बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन ।

मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’

अहिले बिमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।

 

नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बिमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ ।

 

जसले बिमा गरिसकेको छ, आपत पर्दा तिर्न विमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन् । यसले सम्भावित बिमा लिन खोज्नेहरुलाई पनि विमा विस्तारमा अवरोध पुर्याउँछ ।’

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताउनुभयो ।

‘विमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ ।

त्यहीनेर सर्भेरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बिमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन् ।

कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । विमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...