CG Electronics
IME Life
NIMB

नेपालमा लगानीको विस्तार र प्रवर्द्धन गर्न पेन्सन योजना वित्त परिचालन गर्न सक्छौ : क्यानाडाली राजदूत म्याके 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गर्नु भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो ।

भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनु हुँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्था मार्फत कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास सहायता प्राप्त भईरहेको जानकारी गराउनु भयो । त्यसैगरी, मन्त्री रिजालले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेको समेत स्प्ष्ट पार्नु भयो ।

क्यानडा नेपालको प्रमुख व्यापार साझेदारको रुपमा रहेको समेत स्मरण गराउनु हुदै मन्त्री रिजालले क्यानडाले नेपाल लगायतका विकासशील तथा अति कम विकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत सहुलियतपूर्ण बजार पहुँचको सुविधा प्रदान गर्दै आएको बताउनु भयो ।नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति पश्चात समेत अति कम विकसित मुलुकलाई प्राप्त हुने सुविधाको निरन्तरताको अवधि थप गरिदिन मन्त्री रिजालले अनुरोध समेत गर्नु भएको छ ।

त्यसैगरी नेपाललाई प्राप्त सहुलियतपूर्ण बजार पहुँचको बावजूद क्यानडातर्फको निर्यातको आकार उल्लेख्य बढ्न नसकेको सन्दर्भमा नेपाली उत्पादक तथा निर्यातकर्ताको क्षमता अभिवृद्धि तथा व्यापारमा रहेका अवरोधको पहिचान र समाधान गर्न दुई मुलुकबीच सरकारी तहका अतिरिक्त निजी क्षेत्रबीच समेत निरन्तर सहकार्य अपरिहार्य देखिएको मन्त्री रिजालले उल्लेख गर्नु भयो ।

नेपालमा क्यानेडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत, कृषिमा आधारित उद्योग जस्ता क्षेत्रमा लगानीका पर्याप्त अवसर तथा सम्भावना रहेको बताउनु हुँदै मन्त्री रिजाल्लले आगामी वर्षको अप्रिलमा नेपालमा लगानी सम्मेलन समेत आयोजना हुन लागेको जानकारी गराउनु भयो । यसै अवसरमा नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धनमा क्यानेडाली सरकारको महत्वपूर्ण भूमिकाको अपेक्षा रहेको मन्त्री रिजालले स्पष्ट पार्नु भयो ।

भेटमा राजदूत म्याकेले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति पश्चात समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई थप केही वर्षसम्म निरन्तरता दिने विषय महत्वपूर्ण रहेको बताउनु भयो । यस बिषयलाई नेपाल र क्यानडाबीचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेण्डाको रुपमा राख्न राजदूत म्याकेले सुझाव दिनु भयो ।

यसैगरी, नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धन गर्न क्यानडामा रहेको पेन्सन योजनामा रहेको वित्तलाई सार्वजनिक निजी साझेदारीको अवधारणा मार्फत परिचालन गर्न सकिने प्रचुर सम्भावना रहेको राजदुत म्याकेले स्प्ष्ट पार्नु भयो ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...