CG Electronics
IME Life
NIMB

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनहरू उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुगु । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच उनले नवनिर्मित भवनहरूको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनहरूले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्ने उर्जा र हौसला मिल्ने बताए ।

यस्तै,प्रहरी महानिरीक्षक कुवँरले प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन,मानव अधिकारको संरक्षण लगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुने सफल भएको समेत बताएका छन् ।

संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उनको भनाई छ ।

यस्तै,कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । भने उक्त कार्यक्रममा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी र छायाँनाथ नगरपालिका प्रमुख विष्णु कुमार भामले शुभकामना आफ्नो मन्तव्य राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा प्रहरी निरीक्षक ई. नितिन लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थिए ।

नेपाल सरकारको नियमित बजेटबाट कुल २ करोड ५८ लाख २० हजार ४ सय ४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रूपैयाँ ३ पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख ÷सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश दिल कुमार बर्देवा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, लगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा निर्देशन समेत दिएका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पु¥याउने सबैलाई प्रशंसा–पत्र प्रदान गरेका छन् ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...