Nabil Bank
prabhubank
nic bank

अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढ्नुपर्छ  : सिबिफिन अध्यक्ष गोल्यान

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । त्यसअघि, स्वगत मन्तव्य राख्दै सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले १६औँ योजनामा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले आयोगले लिएका तथा भविष्यमा लिने परिमाणात्मक लक्ष्य पूरा गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि योगदान गर्न तयार भएको बताउनुभयो ।

बैंक तथा वित्तीय क्षेत्रले आर्थिक वृद्धिदर तथा कुल गार्हस्थ उत्पादन बढाउनका लागि कसरी काम गर्न सक्छन् भन्ने कुरा १६औँ योजनामा समेटिनुपर्ने उहाँको भनाइ थियो । देशको प्रमुख पेशाका रुपमा रहेको कृषि क्षेत्रसँगै उद्योग, ऊर्जा तथा सेवा क्षेत्रको उत्थान र वृद्धिमा बैंक तथा वित्तीय क्षेत्रलाई सँगै लैजान आयोगसँग उहाँले आग्रह गर्नुभयो ।

मन्तव्यको क्रममा अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि आईपिओमा १० प्रतिशत आरक्षणको व्यवस्था भएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकलाई समावेश गर्ने व्यवस्था पनि सिबिफिनको उपलब्धि रहेको उल्लेख गर्नुभयो । उहाँले विलाशिताका वस्तुमा कडाइका लागि सिबिफिनले गरेको पहलका कारण विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको बताउनुभयो ।

अध्यक्ष गोल्यानले समग्र अर्थतन्त्र सुधारका लागि पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो । स्वदेशी वस्तु प्रयोग गर्नका लागि भएको नीतिगत व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने, उत्पादनमूलक, निर्यातमूलक एवं रोजगारीमूलक क्षेत्रलाई सहुलियतपूर्ण ब्याजदर कायम गरिनुपर्ने, नवप्रवर्तन, स्वउद्यमशीलताको विकास तथा घरेलु, साना तथा मझौला उद्यमी तथा उद्योगको सुधार तथा स्तरोन्नतिलाई प्राथमिकता दिन सिबिफिनको तर्फबाट उहाँले सुझाव दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको सूचक चारैतिरबाट नकारात्मक बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम हुनुपर्ने बताउनुभयो । दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति नलिने उहाँले बताउनुभयो । उहाँले पञ्चवर्षीय योजनाअनुरुप सरकारको आर्थिक नीति हुनुपर्ने बताउनुभयो । त्यसो नहुँदा आर्थिक क्षेत्र चलायमान नहुने उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन तथा एफएनसीसीआई र सिएनआईले समन्वय तथा साझेदारी गरिरहेको बताए । देशमा कानुनी राज स्थापना हुनुपर्ने भन्दै उहाँले विद्युत् प्राधिकरणसँगको विवादमा प्रमाण देखिएको अवस्थामा बक्यौता भुक्तानी गरिने बताउनुभयो ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिन आएपछि बैंकहरुको ‘सुपरग्लू’को काम गरिरहेको आफूले अनुभव गरेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रमा सिबिफिनले सबै व्यावसायिक क्षेत्रलाई जोड्ने काम गरेको बताउनुभयो ।

यस्तै, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरु सिबिफिनसँगै रहेको बताउनुभयो । उहाँले आन्तरिक उत्पादनलाई प्रवद्र्धन तथा युवालाई देशमा रोक्नका लागि उत्पादक क्षेत्रसँगै रहनेमा आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंकहरुको स्थायित्वको लागि पुँजीवृद्धितर्फ लागिएको तर यसले मात्रै स्थायित्व नहुने बताउनुभयो । उहाँले वित्तीय स्थायित्वको लागि बैंकहरुलाई अन्य क्षेत्रमा पनि बलियो बनाउने नीति लिनुपर्ने औँल्याउनुभयो । बैंकहरु बलिया हुन र लगानीको प्रतिफल पनि प्राप्त गर्नका लागि पुँजीवृद्धिबाहेकका विकल्प खोज्नुपर्नेमा उहाँको जोड थियो ।

 

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटे

वि.सं.२०८१ जेठ २ बुधवार २३:०३

  काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ...

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

क्रिकेटर लामिछानेको निलम्बन फुकुवा

वि.सं.२०८१ जेठ २ बुधवार १९:४९

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको...

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:४७

  काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले...

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै...

वि.सं.२०८१ जेठ २ बुधवार १९:४४

  काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध पार्टी अध्यक्ष...

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई

वि.सं.२०८१ जेठ २ बुधवार १९:३८

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई...

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी...

वि.सं.२०८१ जेठ २ बुधवार १९:३५

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा...