CG Electronics
IME Life
Ncell NPL

मेलम्चीको पानी पुन : वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

काठमाडौं । काठमाडौंवासीका घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमित रुपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए । ‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ । हाल आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले अर्को वर्षदेखि २४ सैँ घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिए । ‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गर्नुपर्नेछ । केही वर्षभित्रै अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउन म सम्बन्धित निकायलाई निर्देशितसमेत गर्दछु,’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनामा रहेको मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन समस्या समाधानका लागि विस्तृत अध्ययन गरी ठोस् कार्ययोजनामार्फत काम गरी बाह्रै महिना मेलम्चीको पानी उपभोक्ताको धारामा झार्ने गरी प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी गराए ।

काठमाडौंका उपभोक्ताको धारमा सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने आचार्यले जानकारी दिए ।

कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले भने, ‘खानेपानी मन्त्री महेन्द्र राय यादवले मेलम्ची खानेपानीलाई वर्षभरी नै उपभोक्तामाझ दिर्घकालीन रुपमा पु¥याउन दोस्रो चरणको  याङ्ग्री र लार्केको काम अगाडि बढाउन मन्त्रालयको विज्ञहरुको सल्लाह लिएर राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको छु ।’

मुख्य सचिव बैकुण्ठ अर्यालले आयोजना बनाएर उद्घाटन गर्ने, तर त्यसको दिगोपन नहुने भन्दै मेलम्चीबाट शिक्षा लिई अन्य आयोजनाहरुका लागि कार्ययोजना बनाएरै काम गर्नुपर्ने बताए ।

अर्यालले मेलम्चीले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै भने, ‘यो पानी सधैं आओस् ।’

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणलाई निरन्तरता दिएर सुलभ मूल्य र सरल रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले आयोजनाको दिगोपनालाई कायम गर्नुपर्ने भन्दै उपत्यका सँगै देशभरिकै भूमिगत पानी निस्कासनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरि समितिले उपभोक्ताको धारामा पानी पु¥याउन मन्त्रालय सफल भएको हो ।

 

 

 

 

 

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...