CG Electronics
IME Life
NIMB

सडक र सवारी कानुनलाई संशोधन माग

NIMB
Himalayan Bank

काठमाडौं । स्वतन्त्रता अभियान नेपालका सल्लाहकार मिलन घरेलले सडक कानुन र सवारी कानुनलाई राज्य संरचनाका आधारमा संशोधन हुनुपर्ने माग गरेका छन् ।

संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा उनले दुवै कानुन संशोधन गर्नुका साथै नयाँ परिस्थिति अनुरुप सरोकारवालाहरुसँग परामर्श गरेर सडक सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने बताए ।

उनले भने, ‘सवारी कानुन र सुरक्षा सम्बन्धी कानुन उस्तै हो भन्ने बुझाइ छ त्यो गलत हो । सडक कानुन र सवारी कानुन राज्य संरचनाका आधारमा संशोधन हुनुप¥यो, र नयाँ परिस्थिति अनुरुप सरोकारवालाहरुसँग परामर्श गरेर सडक सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाउनु पर्छ ।

अहिले सवारी ऐनलाई आधार बनाएर सडक सुरक्षा हुन्छ भन्ने एउटा सिद्धान्तको आधार छ । अनुशासित बनाउन खोजिएको छ, तर सँगसँगै यसले आम मानिस र राज्यबीच द्वन्द्वको अवस्था सिर्जना गरेको छ ।’

यस्तै, उनले सरकार राजस्व केन्द्रीत हुनु ठूलो कुरा नभएको भन्दै प्रगति राजस्व संकलनको परिमाणले भन्दा व्यवहारले देखाउने बताए ।

राष्ट्रिय उत्पादनमा १.५२ प्रतिशतको घाटा सडक दुर्घटनाकै कारणले हरेक वर्ष भोग्नु परेको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपाली युवा र अन्तराष्ट्रिय विज्ञहरु मिलेर गरेको एउटा अध्ययनको प्रतिवेदनअनुसार वार्षिक रुपमा १२ करोड २८ लाख अमेरिकी डलर बराबरको क्षति सडक दुर्घटनाको कारणले बेहोर्न बाध्य छौं ।

देशको विकासको हिसाबले यो ठूलो घाटा हो । प्रत्यक्ष स्वास्थ्यमा हुने खर्च १५ लाख अमेरिकी डलर छ । यस सन्दर्भमा राष्ट्रिय उत्पादनमा १.५२ प्रतिशतको घाटा सडक दुर्घटनाकै कारणले हरेक वर्ष भोग्नु परेको छ ।’

बैठकमा समिति सभापति दिलकुमारी रावल थापाले सडक सुरक्षाको सम्बन्धमा गृह, स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा सबै जोडिएको हुनाले सबै मन्त्रालयहरुको बीचमा समन्वय गरेर छलफल अगाडि बढाउनु पर्ने बताइन् ।

उनले भनिन्, ‘सडक सुरक्षाको सम्बन्धमा गृह, स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा सबै जोडिने भएको हुनाले सबै मन्त्रालयहरुको बीचमा समन्वय गरेर जानुपर्ने भएको हुनाले धेरै ठूलो होइन्, सानो सानो तत्कालै हुन सक्ने कुराहरुलाई तहगत रुपमा प्राथमिकीकरण गरेर सरकारसँग छलफल गर्ने भन्ने समितिको कुरा छ ।’

उनले कानुन निर्माणमा पनि सरोकारवाला पक्षहरु कसरी जोड्न सकिन्छ भन्नेमा समिति संवेदनशील रहेको बताइन । सरकारले अब बनाउने नीति र संसदले बनाउने कानुन र बनेका कानुन कार्यान्वयन चुनौतीपूर्ण रहेको जिकिर उनले गरिन ।

समितिमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाही र समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल भएको थियो ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...