CG Electronics
IME Life
Ncell NPL

काठमाडौं महानगरले बढाउन सकेन खर्च

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले विनियोजित बजेटअनुसार खर्च बढाउन सकेको छैन ।

बुधबार सम्पन्न १४ औं नगरसभामा पेस भएको विवरण अनुसार महानगरपालिकाले लक्ष्यको १७.७८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाको बजेट २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको आधा समय पुस २६ गतेसम्ममा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैया खर्च भएको छ । महानगरले अब भने लक्षित योजनामा खर्च बढाउन जोड दिने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभा राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले प्रवक्ता नवीन मानन्धरले पेस गरेको सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजस्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गरेको जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

नगर सभाको १३ औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको जानकारी सभामा दिइयो ।

 

त्यस्तै, सभामा बजेट तथा कार्यक्रमको संशोधनका लागि महानगरकी उप प्रमुख सुनिता डंगोलले राखेको प्रस्ताव समेत पारित भएको छ ।

संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च, आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप गरिएको छ ।

 

सभाको अध्यक्षता गरेका महानगर प्रमुख बालेन शाहले सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भएको जानकारी दिएका थिए ।

उनले भने, ‘सभामा प्रस्तुत भएका प्रस्तावहरु सभाबाट पारित भइसकेको हुँदा नगरसभा कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम काठमाडौं महानगरपालिकाको १४ औं अधिवेशन अन्त्य भएको जानकारी गराउँदछु ।’

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...