नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त
Wednesday Jan 17, 2024
वि.सं.२०८० माघ ३ बुधवार १७:३२
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘अर्थमन्त्रालयको प्रस्तावमा रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पवनकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ,’ शर्माले सञ्चारकर्मीसँग भनिन्।




























