CG Electronics
IME Life
NIMB

‘नेताहरुले टाउको जोडेर टीआरसी टुंगोमा पुग्दैन’ 

NIMB
Himalayan Bank
काठमाडौं । पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संसदमा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनको प्रक्रिया दलका नेताहरुले टाउको जोड्दा मिलेर टुंगिने विषय नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजना गरिएको संसदमा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका वियषहरुको पीडित केन्द्रित समाधान अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वमन्त्री खरेलले नेताहरुले टाउको ठोक्काएर बनाएको कानुन अन्तर्राष्ट्रिय कानुनभन्दा बाहिर र पीडित केन्द्रित नभएमा त्यसले काम नगर्ने बताए ।
‘यो मामिला मिलेर, दलका नेताहरुले टाउको जोडेर टुंगिने मामिला होइन । मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र संक्रमणकालीन न्यायको आधारभूत सिद्धान्त जति बुझेको छु, त्यसको आधारमा भन्दै छु,’ उनले भने, ‘टाउको ठोक्काएर र मित लगाएर बनाएको कानून यदि मापदण्ड बाहिर गयो भने, यदि पीडित केन्द्रित हुन सकेन भने त्यस्तो कानुनले काम गर्दैन ।’
सर्वोच्च अदालतको निर्णयअनुसार अगाडि बढौं भन्ने कानुनमन्त्री आफू भएको दाबी गर्दै उनले द्धन्द्धपीडितबाट भाग्नुपर्ने कुनै गल्ती नगरेको बताए ।
उनले भने, ‘सर्वोच्चको फैसलाअनुरुप अगाडि जाउँ भनियो । मैले सबै पीडितलाई भेटेको छु  । प्रत्येक पीडितका कुराहरु सुनेको छु, संसदमा राखेको छु ।’
एक खालको निराशा र डर पीडितमा कायमै रहेको भन्दै वास्तविक पीडितलाई न्याय दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संक्रमणकालीन न्यायलाई राजनीतिकरण खोजिएको आरोप लगाए ।
वास्तविक पीडितलाई न्याय दिलाउनको साटो विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका विषयलाई पार्टीहरुले राजनीतिकरण गरिरहेको भन्दै परियारले त्यसो नगर्न आग्रह गरे ।
‘अहिले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई राजनीतिकरण गर्न खोजिएको छ ।
 सबै कुरा मिडियामा आइसकेको छ,’ उनले भने, ‘यसलाई राजनीतिकरण नगरौं भन्ने मेरो आग्रह छ । माओवादी, कांग्रेस तथा एमाले जुनसुकै पार्टी भए पनि यसलाई राजनीतिकरण बन्द गर्नुपर्छ ।’
विस्तृत शान्ति सम्झौता सहमतिका आधारमा गरेको भन्दै सहमहामन्त्री परियारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग ऐनलाई पनि पारित गर्नुपर्ने बताए ।
अझै समय बाँकी रहेको बताउँदै उनले अब खुल्ने संसदको पहिलो बैठकमै विधेयक टेबल गरेर पारित गर्ने हैसियत बनाउनुपर्ने भनाइ राखे ।
ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...