CG Electronics
IME Life
NIMB

जन्म कैदको सजायमा माफी दिने श्रीलंकन पूर्वराष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो

NIMB
Himalayan Bank

 

काठमाडौं । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले हत्याका आरोपीलाई आममाफी दिने निर्णयलाई उल्टाएको छ ।

सर्वोच्च अदालतको फैसला सन् १९७८ मा राष्ट्रपति शासन लगाएपछिको पहिलो यस्तो मुद्दा हो । सन् २०२१ मा गोटाबायाले हत्याकाण्डमा सजाय पाएका आफ्ना नजिकका राजनीतिक सहयोगी डुमिन्डा सिल्भाको सजाय माफ गरेका थिए ।

सन् २०११ मा राजनीतिक प्रतिद्वन्द्वी भरत लक्ष्मण पे्रमचन्द्रको हत्यामा दोषी डुमिन्डा सिल्भालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

महिन्दा राजापाक्षेको राष्ट्रपतिको समयमा, दोषी डुमिन्डा सिल्भा र प्रेमचन्द्र कोलम्बोको उपनगर कोलोन्नावामा चुनावी प्रतिष्पर्धामा थिए । यसै क्रममा अदालतले दोषी ठहर गरेका प्रेमचन्द्रलाई सिल्भाले गोली हानेर हत्या गरेका थिए ।

सन् २०१९ मा महिन्दा राजापाक्षेले राजीनामा दिएपछि गोटाबाया श्रीलंकाको राष्ट्रपति बनेका थिए । गोटाबायाले आफ्नो कार्यकालमा सिल्भाको मृत्युदण्डको सजाय माफी दिएका थिए ।

मृतक प्रेमचन्द्रको परिवारले सजाय माफीको विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । बुधबार मुद्दाको सुनुवाइ गर्दै तीन सदस्यीय इजलासले गोटाबाया राजापाक्षेले सजाय माफी गर्नुको कारणबारे खुलाउन नसकेको बताए ।

उनीहरुले कार्यविधि अनुसार काम गर्न सकेनन् । उल्लेखनीय छ कि श्रीलंकाको संविधानको धारा ३४ अन्तर्गत, श्रीलंकाका राष्ट्रपतिलाई निर्धारित प्रक्रिया अन्तर्गत सजाय माफी गर्ने अधिकार छ ।

आरोपी डुमिन्डा सिल्भालाई उच्च अदालतले मुद्दामा दोषी ठहर गरेको थियो, पछि सर्वोच्च अदालतले त्यसलाई कायम राख्यो । सिल्वाको सजाय माफी भएपछि गोटाबाया राजापाक्षेले उनलाई राज्य आवास प्राधिकरणको प्रमुखमा नियुक्त गरेका थिए ।

यद्यपि, आर्थिक अस्थिरताको बीचमा गोटाबाया राजापाक्षेले जुलाई २०२२ मा जनविद्रोहबाट अपदस्त भएका थिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...