CG Electronics
IME Life
NIMB

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

NIMB
Himalayan Bank

काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् ।

 

निन्जा इन्फोसिसले निर्माण गरेको ई-पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ई-पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।

 

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ई-पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई-पालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’ नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ ।

 

त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे । ‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली-गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’

 

नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई-पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीको बुझाइ छ । साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताए । ‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको बुझाइ छ ।’

 

डिजिटल ई-पालिका

नेपालमा २०७४ सालदेखि डिजिटल ई-पालिका मोबाइल एप्लिकेसन शुरू भएको थियो । सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो एपले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ । ‘डिजिटल पालिका अभियान’ मार्फत आफूहरूले डिजिटल नागरिक बडापत्रसँगै दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटल रूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उनले बताए ।

 

गल्ली म्याप्स

यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सका महर्जन बताउँछन् । विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापत विदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उनको भनाइ छ । सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटी अवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेश भएको छ । तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...