CG Electronics
IME Life
NIMB

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन्छ : मन्त्री रिजाल

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेगरी कानुनमा भएका अफ्ठयाराहरुलाई फुकाउने प्रयास भइरहेको बताएका छन् ।

उनले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवद्र्धनका लागि सरकारले विशेष कदम चाल्नेपनि बताए ।
शुक्रबार वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन)अवलोकनका क्रममा मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेगरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिएका हुन् ।

मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवद्र्धनमा लाग्ने पनि बताए ।

‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरुलाई प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं,’ मन्त्री रिजालले भने, ‘प्याकेजिङमा सुधार गर्दै नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो ।’
अवलोकनको क्रममा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले एक स्थानीय तह एक उत्पादन ब्रान्डिङ गर्ने लक्ष्य अनुसार हाल सात प्रदेशको १५ पालिकाबाट सामग्री संकलन भइ बजारीकरण सुरु भएको जानकारी दिए । साथै मन्त्रालयको समेत सहजीकरण हुने हो भने गाउँ गाउँका मौलिक एवंम रैथाने उत्पादनको बजारीकरणमा आफुले सबै पालिकासँग काम गर्न सक्ने बताए ।

कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारसँगको सहकार्यमा बाँझोरहित पालिका बनाउन सकिने बताए । स्वदेशी उत्पादन वृद्धि गर्नका लागि विद्यालय तहमा नै विद्यार्थीलाई परिचालन गर्दै जान सकिने बताए ।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिदबिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहलय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न सात प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनुसहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्वन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गतेदेखि ७ गते सम्म दुईहजार भन्दाबढी आगन्तुक भित्राउने लक्ष्यसहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...