CG Electronics
IME Life
NIMB

प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौं । प्रेस चौतारी नेपाल मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ ।

कार्यालयको शनिबार प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले उद्घाटन गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिका–४ मा कार्यालय स्थापना भएको छ ।

कार्यालय उद्घाटन गर्दै लामाले प्रेस चौतारी नेपालको कार्यालयलाई संगठनको कामका साथै समाचार लेखन तथा पत्रकारको जमघट र अनुभव आदानप्रदान गर्ने थालेको रूपमा विकास गर्न सुझाव दिनुभयो । संगठनको कार्यालयलाई रिसर्च सेन्टरको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा वाग्मती प्रदेश इञ्चार्ज विष्णु तारुकेले कार्यालय स्थापना भएपछि छरिएका काम गर्दै आउनुभएका पत्रकारले एक ठाउँमा भेला भएर काम गर्ने वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईँ, वाग्मती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा लगायतको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसैगरी प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ का चुनौती र सम्भावना विषयक दुई दिने कार्यशाला पनि सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो । समापन मन्तव्य राख्दै श्रेष्ठले कार्यशालाले नयाँ सिप र प्रविधिको प्रयोग गरेर अघि बढ्न पत्रकारलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अबको युग डिजिटल युग भएकाले पत्रकारिता त्यस तर्फ जानै पर्ने बताउनभयो । उहाँले पत्रकारलाई प्रविधिको अधिक प्रयोग गरेर अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा पनि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव तथा वाग्मती प्रदेश इन्चार्ज विष्णु तारुके लगायतको सहभागिता रहेको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...