CG Electronics
IME Life
NIMB

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

NIMB
Himalayan Bank

 

संचालन,लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा उदघाटन

दोहा, कतारमा बसेर विभिन्न ब्यावसाय गर्दै सामाजिक कार्यमा पनि निरन्तरता दिएका युवा व्यवसायी उत्तम गुरुङले कतारको मुग्लीनामा रहेको भिआईपी होटलमा ‘भिआईपी लाउन्ज’ एन्ड बार संचालनमा ल्याएका छन ।

केही दिन पहिले मात्र अर्को नाइट क्लबको शुरुवाती गरेका गुरुङले ‘भिआईपी लाउन्ज’को शुक्रबार एक कार्यक्रमको साथ उदघाटन गरेका हुन ।

चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर उक्त लाउन्जको समुदघाटन गरेका छन ।

समुदघाटन पश्चात बोल्दै गायिका नेवारले गुरुङलाई बधाई दिँदै लाउन्जको शाखा दर्जनौ ठाउँमा फैलाउनको लागी शुभकामना ब्यक्त गरिन । गायक रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खुशी ब्यक्त गरे ।

कार्यक्रमको उदघाटन गर्दै एनआरएनए अध्यक्ष एबं नेपाली ब्यावसायी संघ कतारका महासचिव रमेश भट्टले संचालक गुरुङलाई बधाई दिँदै लाउन्जको सफलताको शुभकामना ब्यक्त गरे । उनले एनआरएनए र नेपाली ब्यावसायी संघ कतार नेपाली ब्यावसायीहरुलाई सक्दो सहयोग गर्न तत्पर रहेको बताए ।

उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी लगाएत उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

२४ सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुदघाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथहरु उपलब्ध रहने संचालक गुरुङले बताए ।

भिआइपी होटलको ग्राउण्ड फ्लोरमा रहेको लाउन्जमा चौबिसै घन्टा आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले जनाउदै उक्त लाउन्ज आफ्नो मात्रै नभई कतारमा रहेका सबै नेपालीको भएकाले यसलाई माया गर्न आग्रह गरे ।

मध्यपुर्वको कतार अहिले नेपाली ब्याबसायीहरुको हव नै बनेको छ । यहाँ रहेका नेपाली ब्यावसायीहरुले बिभिन्न क्षेत्रहरु कन्ट्रसन,रेस्टुरेन्ट,मेडिकल,क्लव,लाउन्ज,बार लगाएतका क्षेत्रमा ठुलो लगानी गरिरहेका छन ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...