Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

Machhapuchchhre Bank Limited

 

संचालन,लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा उदघाटन

दोहा, कतारमा बसेर विभिन्न ब्यावसाय गर्दै सामाजिक कार्यमा पनि निरन्तरता दिएका युवा व्यवसायी उत्तम गुरुङले कतारको मुग्लीनामा रहेको भिआईपी होटलमा ‘भिआईपी लाउन्ज’ एन्ड बार संचालनमा ल्याएका छन ।

केही दिन पहिले मात्र अर्को नाइट क्लबको शुरुवाती गरेका गुरुङले ‘भिआईपी लाउन्ज’को शुक्रबार एक कार्यक्रमको साथ उदघाटन गरेका हुन ।

चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर उक्त लाउन्जको समुदघाटन गरेका छन ।

समुदघाटन पश्चात बोल्दै गायिका नेवारले गुरुङलाई बधाई दिँदै लाउन्जको शाखा दर्जनौ ठाउँमा फैलाउनको लागी शुभकामना ब्यक्त गरिन । गायक रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खुशी ब्यक्त गरे ।

कार्यक्रमको उदघाटन गर्दै एनआरएनए अध्यक्ष एबं नेपाली ब्यावसायी संघ कतारका महासचिव रमेश भट्टले संचालक गुरुङलाई बधाई दिँदै लाउन्जको सफलताको शुभकामना ब्यक्त गरे । उनले एनआरएनए र नेपाली ब्यावसायी संघ कतार नेपाली ब्यावसायीहरुलाई सक्दो सहयोग गर्न तत्पर रहेको बताए ।

उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी लगाएत उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

२४ सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुदघाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथहरु उपलब्ध रहने संचालक गुरुङले बताए ।

भिआइपी होटलको ग्राउण्ड फ्लोरमा रहेको लाउन्जमा चौबिसै घन्टा आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले जनाउदै उक्त लाउन्ज आफ्नो मात्रै नभई कतारमा रहेका सबै नेपालीको भएकाले यसलाई माया गर्न आग्रह गरे ।

मध्यपुर्वको कतार अहिले नेपाली ब्याबसायीहरुको हव नै बनेको छ । यहाँ रहेका नेपाली ब्यावसायीहरुले बिभिन्न क्षेत्रहरु कन्ट्रसन,रेस्टुरेन्ट,मेडिकल,क्लव,लाउन्ज,बार लगाएतका क्षेत्रमा ठुलो लगानी गरिरहेका छन ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...