CG Electronics
IME Life
NIMB

“नेपाल डेरी एसोसिएसनले माघ ७ गते रजत जयन्ती मनाउँदै”

NIMB
Himalayan Bank

काठमाडौँ । नेपालमा रहेका डेरीहरुको राष्ट्रिय छाता संगठन नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने भएको छ ।

 

२५औं स्थापना दिवसको अवसरमा माघ ७ गते काठमाडौंमा विशेष कार्यक्रम गरी एसोसिएसनले रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

 

होटल मल्ल काठमाडौंमा कार्यक्रम हुनेछ । साधारणसभासमेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रजत समारोह मनाउनको लागि तयार गरिएको समितीका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले माघ ७ गतेको अवसरमा एसोसिएसनले निर्देशन गरेका सबै कार्यक्रम गर्न आग्रह गर्दै रजत जयन्ती एवं वार्षिक साधारणसभामा सहभागी हुन सबै डेरी उद्योगीहरुलाई आग्रह गरे ।

रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने उनले बताए । कार्यक्रम सफल बनाउनका लागि तयारी तिब्र बनाइएको संस्थाका उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए ।

एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ । व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका पूर्व अध्यक्ष सुमित केडियाले उद्योगहरुमा पाउडर दूध र बटर स्टक बढेको बताउँदै खपत बढाउनुपर्ने बताए । ५ अर्ब रुपैयाँ बराबरको पाउडर र बटर स्टक रहेको बताउँदै उनले ‘मिल्क होलिडे’ आउन नदिनका लागि राज्यले समेत सहयोग गर्नुपर्ने उनले बताए । ‘जुन बेला दूत उत्पादन बढी थियो त्यो बेला हामीले लियौं, अहिले स्टक बढी छ । बिक्री भएन भने उद्योग नै विस्तापित हुने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले एसोसिएसन स्थापनाको रजत जयन्ती सबैको सहभागिता र साथ सहयोगमा मनाउने तयारी भएको र प्रदेश एसोसिएसनको तर्फबाट पनि सक्दो साथ र सहयोग हुने बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...