Nabil Bank
prabhubank
nic bank

“नेपाल डेरी एसोसिएसनले माघ ७ गते रजत जयन्ती मनाउँदै”

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौँ । नेपालमा रहेका डेरीहरुको राष्ट्रिय छाता संगठन नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने भएको छ ।

 

२५औं स्थापना दिवसको अवसरमा माघ ७ गते काठमाडौंमा विशेष कार्यक्रम गरी एसोसिएसनले रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

 

होटल मल्ल काठमाडौंमा कार्यक्रम हुनेछ । साधारणसभासमेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रजत समारोह मनाउनको लागि तयार गरिएको समितीका संयोजक एवं एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले माघ ७ गतेको अवसरमा एसोसिएसनले निर्देशन गरेका सबै कार्यक्रम गर्न आग्रह गर्दै रजत जयन्ती एवं वार्षिक साधारणसभामा सहभागी हुन सबै डेरी उद्योगीहरुलाई आग्रह गरे ।

रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने उनले बताए । कार्यक्रम सफल बनाउनका लागि तयारी तिब्र बनाइएको संस्थाका उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए ।

एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ । व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका पूर्व अध्यक्ष सुमित केडियाले उद्योगहरुमा पाउडर दूध र बटर स्टक बढेको बताउँदै खपत बढाउनुपर्ने बताए । ५ अर्ब रुपैयाँ बराबरको पाउडर र बटर स्टक रहेको बताउँदै उनले ‘मिल्क होलिडे’ आउन नदिनका लागि राज्यले समेत सहयोग गर्नुपर्ने उनले बताए । ‘जुन बेला दूत उत्पादन बढी थियो त्यो बेला हामीले लियौं, अहिले स्टक बढी छ । बिक्री भएन भने उद्योग नै विस्तापित हुने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले एसोसिएसन स्थापनाको रजत जयन्ती सबैको सहभागिता र साथ सहयोगमा मनाउने तयारी भएको र प्रदेश एसोसिएसनको तर्फबाट पनि सक्दो साथ र सहयोग हुने बताए ।

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...