CG Electronics
IME Life
NIMB

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् ।

उनले भने,‘ समग्र रुपमा बैंकिङ सिस्टममा चुनौतीहरू छन् । चुनौतीविहीन हाम्रो सिस्टम छैन् । पछिल्ला समयमा खासगरी रिकभरीको चुनौती छ, यो सँधै रहने होइन । अर्थतन्त्रमा केही उत्तारचढाब आँउछन् तर मुलुकको अन्य खम्बाहरु बलियो बन्दै गएकाले त्यसले सपोर्ट गर्छ ।’

उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रुपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दावी गरे ।

उनले भने, ‘समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरेपनि अर्थतन्त्र त्यस्तो नराम्रो छैन् । यद्यपी, लगानी कम भएकै हो । निर्माणहरु सुस्त भएको कारण ठूला उद्योगमा असर परेको छ । त्यसको सुधार हुन्छ भन्नेमा विश्वास छ ।’

गर्भनर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहीं अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन् । माग छैन भन्दैमा जथाभावी दिनपनि भएन ।’

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...