CG Electronics
IME Life
NIMB

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

NIMB
Himalayan Bank

 

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताए ।

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिवद्ध छ । साथै, कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई दण्डित गर्ने उदेश्यले अपराध अनुसन्धान गर्न समेत म नेपाल प्रहरीलाई निर्देशन दिन्छु ।’

गृहमन्त्री श्रेष्ठले अपराध अनुसन्धानमा मानव अधिकारको सम्मान गर्न र निर्दोष नागरिकलाई झन्झट नदिनसमेत आग्रह गरे । ‘अपराध अनुसन्धानमा कुनै पनि राजनीतिक प्रभाव र दबाब छैन । त्यस्तो प्रभाव र दबाबबाट मुक्त भएर प्रहरीले अनुसन्धान गर्नुपर्छ, गर्नुहोस् । यदि कसैले दबाबमा पार्न खोज्छ भने दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रियामा त्यस्ता प्रहरी अधिकारीको रक्षाका लागि गृह मन्त्रालय सदैव तयार छ,’ उनले भने।

उनले प्रहरीको सुरुवाती अनुसन्धानले नै जनताले न्याय पाउने वा नपाउने भन्ने निक्र्योल गर्ने भएकाले अपराध अनुसन्धानमा कुनै कमजोरी नगर्न समेत आग्रह गरे ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...