Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्राण प्रतिष्ठापछि मोदीले भनेः अब नव इतिहासको सुरुवात भयो

Machhapuchchhre Bank Limited

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गर्दै विधिवत रुपमा प्राण प्रतिष्ठा गरेका हुन् । प्रतिष्ठापछि आरती गरिएको छ ।

गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायतले साथ दिएका थिए । स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो ।

पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । प्राण प्रतिष्ठाका क्रममा मोदीले भगवान रामका कारण आज(सोमबार)को दिन एक अद्भुत आभा लिएर आएको बताए ।

मोदीले आजको दिन पात्रोमा छापिएको एक मिति मात्र नभएर नयाँ कालचक्रको उद्गम भएको बताए । उनले भने, ‘आजको दिन क्यालेण्डरमा राखिएको मितिमात्र होइन । यो एक नयाँ कालचक्रको उद्गम हो । राम मन्दिरको भूमी पुजा गरेदेखि देशमा उत्साह र उमंग बढ्दै गएको छ । राम मन्दिर निर्माण कार्यदेखि देशबासीमा एक नयाँ विश्वास उत्पन्न भएको छ ।’

आम नागरिकले सदियौंदेखि पर्खिरहेको धरोहर प्राप्त भएको भन्दै प्रधानमन्त्री मोदीले मुलुकमा नव इतिहासको सुरुवात गरेको बताए । आज साच्चिकै राम भगवान देखिएका बताउँदै उनले यस दिनलाई हजारौं वर्षपछि चर्चामा रहने बताए ।

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरिएको प्राण प्रतिष्ठामा करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो ।

कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् । भारतीय कलाकारहरु पनि सहभागी भएका छन् ।

यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नयाँ मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...