CG Electronics
IME Life
NIMB

प्राण प्रतिष्ठापछि मोदीले भनेः अब नव इतिहासको सुरुवात भयो

NIMB
Himalayan Bank

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गर्दै विधिवत रुपमा प्राण प्रतिष्ठा गरेका हुन् । प्रतिष्ठापछि आरती गरिएको छ ।

गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायतले साथ दिएका थिए । स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो ।

पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । प्राण प्रतिष्ठाका क्रममा मोदीले भगवान रामका कारण आज(सोमबार)को दिन एक अद्भुत आभा लिएर आएको बताए ।

मोदीले आजको दिन पात्रोमा छापिएको एक मिति मात्र नभएर नयाँ कालचक्रको उद्गम भएको बताए । उनले भने, ‘आजको दिन क्यालेण्डरमा राखिएको मितिमात्र होइन । यो एक नयाँ कालचक्रको उद्गम हो । राम मन्दिरको भूमी पुजा गरेदेखि देशमा उत्साह र उमंग बढ्दै गएको छ । राम मन्दिर निर्माण कार्यदेखि देशबासीमा एक नयाँ विश्वास उत्पन्न भएको छ ।’

आम नागरिकले सदियौंदेखि पर्खिरहेको धरोहर प्राप्त भएको भन्दै प्रधानमन्त्री मोदीले मुलुकमा नव इतिहासको सुरुवात गरेको बताए । आज साच्चिकै राम भगवान देखिएका बताउँदै उनले यस दिनलाई हजारौं वर्षपछि चर्चामा रहने बताए ।

आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरिएको प्राण प्रतिष्ठामा करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो ।

कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् । भारतीय कलाकारहरु पनि सहभागी भएका छन् ।

यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नयाँ मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो । गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...