Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

राहदानीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने तयारी

 

 

काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी वितरणमा नयाँ प्रणाली प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरणको तयारी गरेको हो ।

उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनुपर्ने झन्झट हट्ने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का ९रक्षा० र नारायणकाजी श्रेष्ठ ९गृह० तथा भौतिक योजनामन्त्री प्रकाश ज्वालासँगै परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार छलफल भएको हो । विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर राहदानी वितरण सुरु भए सेवाग्राहीले अनलाइनमार्फत् आवेदन दिन पाउने र हुलाकमार्फत् घरमै राहदानी प्राप्त गर्ने छन् ।

यस्तै विदेशमा रहेका नेपालीले राहदानी नवीकरणका लागि आफू रहेको मुलुकमा अवस्थित नेपाली राजदूतावास जानुपर्ने बाध्यतासमेत हट्ने छ ।

‘प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, भौतिक योजनामन्त्री, मुख्यसचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु बसेर सरकारका सेवाहरुलाई द्रुत बनाउनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नेबारे छलफल भएको छ,’ परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव साउदले भने, ‘यसबाट परराष्ट्रमन्त्रीज्यूले धेरै पहिलेदेखि भन्दै आउनुभएको पासपोर्ट सेवालाई पनि द्रुत बनाउन अनलाइनबाट आवेदन, हुलाकबाट पासपोर्ट डेलिभरी हुन्छ ।

यसका लागि अब सेवाग्रहीले राहदानी विभाग जानुपर्ने छैन । विदेशको हकमा पनि नेशनल आईडी कार्ड ९राष्ट्रिय परिचयपत्र० बनाइसकेका वा नवीकरण गर्नुपर्ने सेवाग्राहीको हकमा राजदूतावासमा नगइकनै पासपोर्ट उपलब्ध गराइने छ ।’

बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी थाल्न निर्देशन पनि दिइएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले बायोमेट्रिक्स दिँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचयपत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जिकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...