CG Electronics
IME Life
NIMB

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी

NIMB
Himalayan Bank

 

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् ।

कान्तिपुर दैनिकले सोमबार उनको खातामा उक्त रकम सहकारीबाट आएको भन्दै समाचार प्रकाशित गरेको थियो । त्यसको जवाफ दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र प्राप्त भएको बताए ।

प्रकाशित समाचारप्रति आक्रोस व्यक्त गरेका लामिछानेले भने, ‘सम्बन्धित सञ्चार माध्यमका साथीहरुलाई आजसम्म पर्खिदिनुस् भनेको थिएँ, पर्खिनुभएन । आज बैंकबाट मेरो खातामा समाचारमा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ नआएको बैंकले विवरणसहितको पत्र आएको छ ।’
आफूलाई लागेका आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी भएमा कारबाही भोग्न तयार रहेको समेत स्पष्ट पारे ।

उनले भने, ‘ग्यालेक्सी टेलिभिजन छाड्दा मेरो खातामा १ करोड ८० लाख जम्मा भएको समाचार आयो, त्यो सहकारीकै पैसा हो भनेर स्थापित गर्न खोजियो, त्यो गलत हो । मेरो नाममा एउटा स्लीप देखाइएको छ । थाहा नभएको कुरालाई थाहा छैन नभनेर के भन्ने ? मैले आज बैकबाट विवरण मागेँ, विवरणमा मेरो नांममा १ करोड ८० लाख जम्मा हुँदा सो रकम खाता क्रेडिट गरिएको तर उक्त चेक क्लियरिङमा पठाउदा अपर्याप्त रकम हुँदा जम्मा नभएको लेखिएको छ ।’

पत्रकार सम्मेलनमा लामिछानेको पक्षबाट प्रष्टीकरण दिँदै बैंकर अनिलकेशरी शाहले पूर्वबैंकर अनिल केशरी शाहले समाचारमा गरिएको दाबी नमिलेको जिकिर गरे ।

‘१ करोड ८० लाखको चेक डिपोजिट भएको होइन भन्दैनौ, डिपोजिट भएको हो । तर सभापतिज्युले पैसा पाउनुभएन किनकी त्यो चेक गयो गएपछि अपर्याप्त रकम भनेर फर्किएको छ । जुन खाताबाट चेक लेखियो त्यहाँ पैसा पुगेन । यो २०२२ सालमा भएको हो । त्यो भएको भोलिपल्ट नै डेभिट भएको हो एकैछिनमा,’ उनले भने, ‘१ करोड ८० लाख पैसा रवि लामिछानेको खातामा आएको छैन । यस्तो धेरै घटना हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र गितेन्द्रबाबु (जीबी) राई जोडिएको सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान अघि बढाएको छ ।

लामिछाने र राई एक समयका व्यापारिक साझेदार हुन् । राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने सञ्चालकसहितका प्रबन्ध निर्देशक थिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि सीआइबीले उक्त मुद्दासँग सम्बन्धित फाइल मगाएको एक उच्च अधिकृतले बताएका छन् ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...