Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘अर्थतन्त्र संकटमा छैन्, व्यवसायीहरुको आत्मबल घटेको छैन्’

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले अर्थतन्त्र संकटमा रहेको र व्यवसायीहरुमा आत्मबल घटेको विषय सत्य नभएको बताएका छन् ।

सोमबार ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले १६ औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि भन्दा उद्योगको लागि कच्चा पदार्थ देशभित्र उत्पादन गर्नुपर्ने लक्ष्य लिएर अगाडि बढेको बताए ।

 

उनले भने, ‘अर्थतन्त्र संकटमा छ, व्यवसायीहरुमा आत्मबल छैन्, भन्ने कुरामा सत्यता छैन् । हामीले सम्भावना भएका कामहरु पनि गर्न सकेनौ किनभने उद्योगहरु ठप्प थिए ।

अब १६औं योजना र आगामी वर्षको बजेटले नेपालभित्र उद्योगधन्दा बढाउनको लागि देशभित्रै कच्चा पदार्थ उत्पादन हुनुपर्छ । त्यसमा हाम्रो लक्ष्य हुनुपर्छ ।’

उनले मुलुकको विकासलाई पुनःसंरचना गर्न आवश्यक भएको भन्दै त्यसको लागि व्यापारलाई बढाएर आयात घटाउनुपर्ने बताए ।

उनले भने, ‘हामी मुलुकको १६ औं योजना तर्जुमा गर्दैछौ, माघ मसान्तसम्ममा यो योजना तर्जुमाको काम सकेर फाइल गर्छौ ।

मुलुकको विकासलाई रिओरेन्ट गर्दैछौ । निर्यात बढाउन सक्ने आयातलाई रोक्नसक्ने खालको के विधि अपनाउनुपर्छ । त्यसमा भन्सारको पनि ठूलो महत्व हुन्छ ।’

 

 

 

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...