Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालको सीमा क्षेत्रमा कडाई तथा व्यवस्थित गर्ने विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसंग छलफल

 

 

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किलोमिटरसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था गर्न आग्रह गरेका छन्।

नेपालमा मालवाहक भारतीय ट्रक निर्वाध रूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट खासगरी नेपालको मालवाहक सवारी साधनहरूको बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको भन्दै अध्यक्ष चौधरीले यस्तो आग्रह गरेका हुन्।

नेपाल र भारतबीच खुला सीमानाका कारणले भारतबाट भारी मात्रामा अनधिकृत रूपमा लुब्रिकेन्टस्, टायर तथा अटोमोबाइल स्पेयर पार्टसहरू आयात हुने गर्छन्। यसले नेपालका लुब्रिकेन्टस् र टायरट्युब उद्योगहरूलाई गम्भीर असर परिरहेको छ।

ती वस्तुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार-व्यवसाय गरिरहेका व्यवसायीहरू आफ्नो व्यवसायमा टिक्न कठिन हुँदै गइरहेको सन्दर्भ प्रस्तुत गर्दै नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्नुपर्ने देखिएको बताए। यसो भए देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने उनले बताए।

 

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भइरहेको समस्याहरूबारे चासो राख्दै यस्ता समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसाेसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।

 

 

 

 

 

 

 

 

 

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...