CG Electronics
Ncell NPL
NIMB

पाकिस्तानमा मतगणना सकियो : पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट,केन्द्रमा कुनै दलले बहुमत ल्याएनन्

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ ।

२६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको नतिजा सार्वजनिक हुँदा १ सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना नै स्थगित भएको छ।

२६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक१०१ सिट जितेको छ।

पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न दिएको थिएन । निर्वाचन चिह्न नदिएपनि पिटिआई समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए।

पाकिस्तानको सेनाले समर्थन गरेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेश्नलिस्ट (पिएमएल–एन)ले भने ७५ सिटमा मात्रै जित हात पार्यो ।
सेनाको समर्थनका बाबजुद पनि पिएमएल–एनदलले बहुमत पाउन सकेन।

यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जित्दा बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ४ सिट जितेको छ ।
चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ।

जसमा पञ्जाबमा २९७ सिटका लागि भएको निर्वाचनमा १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
पञ्जाबमा पिएमएल– एनले १३७ सिट र पिपिपीले १० सिट ल्याएको छ।

सिन्धमा पिपिपीले बचस्व कायम राख्यो । १३० सिट मध्ये पिपिपीले ८४ सिट जितेको छ । यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट पाए ।

तर, खेबर पख्तुन्ख्वा प्रान्तमा भने स्वतन्त्र उम्मेदवारले १२२ मध्ये ९० सिट जितेका छन्।
मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा कम्तिमा २३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका बाबजुत त्यहाँको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उक्त प्रान्तमा ५१ सिटका लागि गरिनएको निर्वाचनमा पिपिपीले ११, पिएमएल–एनले १०, जमियत उलमा–इ–इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।
मतपरिणाम आएसँगै सरकार गठन केन्द्र र प्रान्तमा चर्चाको विषय बनेको छ । केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन। पञ्जाब र बलोचिस्तान दुई प्रान्तमा पनि मतपरिणामले केन्द्रकै अवस्था बनाइदिएको छ ।

बिहीबार भएको आम निर्वाचनमा मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो। कतिपय नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि समेत कुटपिट भएको समाचारहरू सार्वजनिक हुँदा यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको टिप्पणी भएको छ ।

अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र हस्तक्षेप गरेको बताउँदै छानबिनको माग गरेका छन् ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...