CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैन, राम्रो समन्वय भइरहेको छ : अर्थमन्त्री महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो समन्वय भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति जनाए ।

 

शुक्रबार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे ।

‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन ।

राम्रो समन्वय र छलफल भइरहेको छ । विवादको कुनै कुरा छैन । यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ ।’

अर्थमन्त्री महतले मन्त्रालयले संसद्बाट पारित गरेको बजेट कटौती नगरेको, बरू अर्धवार्षिक समीक्षा गरेको बताए । ‘अर्थमन्त्रीले बजेट कटौती गरेको समाचारहरू आयो,’ अर्थमन्त्री महतले अघि भने, ‘बजेट कटौती गरेको होइन, तर त्यसरी प्रचार गरियो, त्यो गलत हो । बजेट संसद्बाट पारित भएको हो ।

संसद्ले पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुदैन । हामीले छ महिनामा के ग¥यौँ ? अब के गर्छौ ? भन्ने कुरामा हामीले छलफल गरेको हो, अनुमान गरेको हो र समीक्षा गरेको हो । यसको गलत सन्देश जाने गरी प्रचार भएको छ, म यसमा भ्रमित नहुन आग्रह गर्दछु ।’

 

उनले सरकारले बाँकी रहेका छ महिनामा बढीभन्दा बढी आम्दानी उठाउने र खर्च गर्ने गरी काम गर्ने बताए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...