CG Electronics
IME Life
NIMB

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ । विधेयकले चीनभने चिढिनसक्ने अनुमान गरिएको छ । अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवादसँग सम्बन्धित एक विधेयक पारित गरेको हो । जसमा चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको छ ।

अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन् । विधेयकको उद्देश्य दलाई लामा र तिब्बतका प्रजातान्त्रिक नेताहरूसँग वार्ता गर्न चिनियाँ सरकारलाई दबाब दिनु हो । यो विधेयक चीनको एक चीन नीतिलाई प्रत्यक्ष चुनौतीको रुपमा हेरिएको छ ।

चीन–तिब्बत विवाद विधेयक कंग्रेसका सदस्य जिम म्याकगोभर र माइकल म्याककलले पेश गरेका थिए । विधेयकमा चीनले तिब्बतलाई आफ्नो हिस्सा भन्दै गरेको दाबीलाई अस्वीकार गरिएको छ । सिनेटर जेफ मर्क्ले र टोड यंगले पनि यस्तै अर्को विधेयक अमेरिकी कंग्रेसमा पेश गरेका थिए ।

जिम म्याकगभर्नले विधेयकको समर्थनमा मतदान गर्नु तिब्बतका जनताको अधिकारलाई मान्यता दिनु जस्तै हुने बताउँदै मतदान चीन र तिब्बतबिच जारी विवाद शान्तिपूर्ण रूपमा समाधान गर्ने पक्षमा हुने र अहिले पनि वार्ताबाट विवाद समाधान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको उल्लेख गरे ।

चीनले तिब्बतलाई चीनकै एक प्रान्तको रुपमा दावी गर्छ । तर, तिब्बतका मानिसहरूले धेरै शताब्दीदेखि एक स्वतन्त्र राष्ट्र भएको विश्वास गर्छन् । चीनले तिब्बत १८ औं शताब्दीमा चिनियाँ शासनको अधीनमा आएको र १९ औं शताब्दीसम्म चीनको अधीनमा रहेको दाबी गरेको छ ।

यसपछि बेलायतले तिब्बतमाथि आक्रमण गरी चीनबाट अलग्गिएको थियो । भारतबाट बेलायती शासन बाहिरिएपछि चीनले दुई वर्ष अर्थात १९४९ सम्म तिब्बतमाथि दाबी गरेन् । १९५० मा, जनवादी गणतन्त्र चीनले आफ्नो राष्ट्रिय सुरक्षाको कारण तिब्बत कब्जा गर्न कोशिस गर्न थालेको थियो ।

१९५१मा तिब्बत सरकारलाई चीनको हिस्साको रूपमा मान्यता दिन बाध्य पार्ने सम्झौतामा हस्ताक्षर गरियो र त्यसपछि चीनले तिब्बतमा आफ्नो शक्ति स्थापना गरेको हो ।

सन् १९५९ मा तिब्बतका जनताले चीनको विरुद्धमा विद्रोह गरे तर चीनले बल प्रयोग गरेर त्यो विद्रोहलाई दबाएको थियो । त्यस अवधिमा ठूलो संख्यामा तिब्बती जनता मारिए र तिब्बतका सर्वोच्च धार्मिक नेता दलाई लामालगायत ८० हजारभन्दा बढी मानिसहरू निर्वासनमा गएका थिए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...