CG Electronics
IME Life
NIMB

संसद समाचार  : विपक्षको भूमिकामा नेपाली कांग्रेसको परीक्षा सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ । गएको संसदीय निर्वाचनमा मतदाताले नेपाली कांग्रेसलाई ठूलो दलको हैसियत दिएका थिए । तर संसदको पहिलो बैठकमा प्रवेश नगर्दै उ एक्लिन पुगेको थियो, निर्वाचन अघि नै बनेको गठबन्धन बीचमै त्यागेर सहयात्री दल माओवादी केन्द्र एमालेसँग गला मिलाउन पुगेको थियो ।

त्यसपछिको नयाँ समीकरणमा फेरि माओवादीलाई सरकारको नेतृत्व दिएर नेपाली कांग्रेस सहयोगीको भूमिकामा सीमित रह्यो । हालैको आकस्मिक हलचलपछि फेरि उ सत्ता बाहिर परेको छ । त्यसैले आज बस्ने प्रतिनिधि सभा बैठकमा संसद सचिवालयले नेपाली कांग्रेसका लागि विपक्षी लहरमा आसनको प्रवन्ध गरेको छ ।

संसदीय राजनीतिमा जेठो दल मानिन्छ नेपाली कांग्रेस । २०१५ सालमा सम्पन्न संसदको पहिलो निर्वाचनपछिको पहिलो सभामुख नेपाली कांग्रेसका संस्थापक नेतामध्येका कृष्ण प्रसाद भट्टराई थिए । त्यसपछि २०४८ को संसदीय निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेता दमन नाथ ढुंगाना सभामुखको जिम्मेवारीमा आएका थिए । त्यसपछि पनि नेपाली कांग्रेसका नेताहरु तारानाथ रानाभाट र रामचन्द्र पौडेलले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसपछि एमालेका नेता सुवास नेम्वाङ्ग र माओवादीका ओनसरी घर्ति तथा अग्नी सापकोटा हुँदै अहिले एमालेका नेता देवराज घिमिरेले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।

नेपाली कांग्रेसले वामपन्थी दलहरुवीच सत्ता गठबन्धन बनिसकेपछि आफू जिम्मेवार प्रतिपक्षमा रहने बताएको छ । पछिल्लो निर्वाचन पछिको प्रतिनिधि सभामा प्रतिपक्षको उपस्थिति नै अनुभव नभएको भनेर सर्वत्र आलोचना भैरहेको थियो । एमाले सहितका गठबन्धन बाहिरका दलहरुले पनि संसदको महत्वपूर्ण पक्ष विपक्षको उपस्थिति दर्शाउने गरी भूमिका निर्वाह नसकेका भनी टिकाटिप्पणी पनि हुनेगरेका थिए । अब नेपाली कांग्रेस त्यो स्थानमा आईपुगेको छ । संसदीय व्यवस्थाको पक्षपाती मानिने उसले अब संसदमा विपक्षको भूमिका कस्तो हुने छ भनेर व्यवहारमा सिध्द गर्नुपर्ने छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकको आसन व्यवस्थानमा नयाँ गठबन्धनका आधारमा दलहरु बस्नेछन् । संसद् सचिवालयका अनुसार दलहरुसँगको परामर्शपछि सिट व्यवस्थापन गरेको छ ।

सत्तापक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, आम जनता पार्टी रहने छन् भने मुख्य प्रतिपक्ष नेपाली कांग्रेस र अन्य प्रतिपक्षी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा बस्नेछन् ।

सत्ता गठबन्धनको दौडधुपले गर्दा संसदले प्रि–बजेटबारे छलफल गर्न पाएको छैन । अब नयाँ गठबन्धन सरकार बनिसकेकाले त्यसमा प्रवेश हुने छ । अरु बिषय नहुँदा संसदको कार्यसूचीमा राखिने विषयमा पनि समस्या परेको सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आव २०७९–८० को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । कार्यसूचीमा राख्ने अरु बिषय नभएकाले आजपछि बस्र्ने बैठक सात दिनपछि फागुन ३० गतेसम्म सारिएको छ ।

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले फागुन १४ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट ) माथिको अवरुद्ध भएको छलफल पुनः सुरु गर्नका लागि सभामुखले प्रधानमन्त्रीसँग परामर्श गरेर छलफल गर्ने मिति तय गर्नेछन् ।

माओवादी नेता वर्षमान पुन अर्थमन्त्रीको जिम्मेवारीमा आएकाले निवर्तमान अर्थमन्त्रीले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिने वा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने विषयमा भन्ने कुरा नयाँ गठबन्धनको निर्णयमा निर्भर रहने छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...