CG Electronics
IME Life
NIMB

पहिलो भन्दा दोस्रो कार्यकाल चुनौतिपूर्ण देखेको छु : सञ्चारमन्त्री शर्मा

NIMB
Himalayan Bank

 

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रमको आवश्यक्ता रहेको उल्लेख गरेकी छिन् ।

उनले सेवा प्रवाह र जिम्मेवारी पूरागर्ने हिसावले दोस्रो कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहालको अपेक्षा अनुसार आफू खरो उत्रिनुपर्ने चुनौति रहेको बताएकी छन् ।

बुधबार सिंहदरबारमा आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै उनले पहिलो कार्यकालमा मन्त्रालय मातहतका निकाय र कर्मचारीले गरेको सहयोगको प्रशंसा गरिन ।

उनले पहिलो कार्यकालमा धेरै काम गरिसकेको र यो कार्यकालमा पहिलाका कानूनी कामकारबाहीलाई निरन्तरता दिएर पूरा गर्नुपर्नेमा जोड दिइन् ।

‘पहिलो कार्यकालमा हामीले यहाँका समस्या उत्खनन् गरेका छौं । अब हामीले पुर्ननिर्माण गर्नुपर्ने समय छ । हिजोसम्मका जतिपनि कानूनी कुराहरु हामीले अगाडि बढाएका छौं, यहाँ देखिएका र देखिन सकिने अनियमितताका विषयहरुमा आवश्यक छानबिन गरेर एउटा धारण स्पष्ट पारेका छौं । सबैकुराको समाधान गर्नेगरी कसरी अगाडी जाने भन्ने विषयमा बढी ध्यान केन्द्रीत गरेर काम गर्नुपर्छ’ मन्त्री शर्माले भनिन् ।

शर्माले आफूलाई प्रधानमन्त्री दाहालले विश्वास गरेर पुनःसोहि मन्त्रालयमा दोस्रो पटक पठाएकाले दबाब महशुस गरेको भन्दै जिम्मेवारी पूरा गर्ने क्रममा दाहालको विश्वासमा खरो उत्रिनुपर्ने दबाब महशुस गरेको धारणा राखिन् ।

उनले भनिन्, ‘हामी कसैलाई पनि छुट छैन् । अघिल्लो कार्यकाल भन्दा मैले अहिले च्यालेन्ज महशुस गरेको छु । जिम्मेवारी पूरा गर्नबाट कोही कसैले छुट पाउँदैन, प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, यसलाई सबै मिलेर पूरा गर्नुपर्छ ।’

सञ्चार मन्त्रालयमा दोहोरिएकी भन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेकी थिइन् ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...